२०७६-२-६ , सोमबार


जब कुकुर आफ्नै चिहान खनेर निस्कियो

 

रुसमा मरेको भनेर गाडिएको एउटा कुकुर फिर्ता आएको छ । कुकुरका मालिकले आफ्नो कुकुर मरेको भनेर गाडिदिएका थिए । तर, उक्त कुकुर खाडल खनेर बाहिर निस्किएको थियो । खबरका अनुसार, १८ बर्षीय उक्त कुकुरको नाम डिक हो । जुन एकदमै गहिरो निद्रामा सुतेको थियो । डिकको मृत्यु भएको ठानेपछि उनका मालिकले कुकुरलाई गाडिदिएका थिए ।  

 

उक्त कुकुर आफू गाडिएको ठाउँबाट खनेर बाहिर आएको थियो र सडकमा बेवारिसे र अशक्त बनेको कुकुरलाई मानिसले संरक्षण केन्द्रमा पु¥याएका थिए । पछि सामाजिक सञ्जालमा उक्त कुकुरको तस्विर सार्वजनिक भएपछि कुकुरका मालिकले आफ्नो कुकुरको जीवित रहेको थाहा पाए । कुकुरका मालिकले आफ्नो कुकुरलाई लिन संरक्षण केन्द्रमा पुगे । उनले कुकुर घरमा लिएर आए । ती कुकुरका मालिकले उक्त संरक्षण केन्द्रलाई आठ हजार रुपैयाँ सहयोग समेत गरेका छन् । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal