२०७६-२-६ , सोमबार


९९ बर्षमा विद्यालयमा ब्यस्त वृद्धा

 

शिक्षा र ज्ञान हासिल गर्न उमेरले छेक्दैन भन्ने उखान यो घटनाबाट प्रमाणित हुन्छ । अर्जेन्टिनामा एक ९९ बर्षीया वृद्धाले स्कूल जना र पढाइलेखाइ सुरु गरेकी छिन् । युसेबिया लेनर कोर्डल नाम गरेकी एक ९९ बर्षीया वृद्धाले सानै उमेरमा पढाइलेखाइ छाडेकी थिइन । खबरका अनुसार, घरमा समस्या भएपछि स्कूल जान छाडेकी थिइन । तर, अहिले युसेबियाले आफ्नो अध्ययनलाई निरन्तरता दिने निर्णय गरेकी छिन् । उनी अहिले विद्यालय गएर शिक्षा हासिल गरिरहेकी छिन् ।

 

हरेक मंगलबार, बुधबार र बिहीबार उक्त विद्यालयकी एक शिक्षिकाले उनलाई स्कूले लिएर जाने गर्दछिन् । युसेबियाको यो कदमलाई चौतर्फीरुपमा तारिफ गरिएको छ । उनको विद्यालयमा पढिरहेको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । ‘वृद्ध हुँदै जाँदा स्मरणशक्ति पनि कमजोर हुन्छ र सबैकुरा बिर्संदै गइन्छ । मैले पनि बिर्सिएको थिएँ । अध्ययन गर्न थालेपछि पढ्न लेख्न सिक्दै आएकी छु’, युसेबियाले भनेकी छिन् । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal