२०७६-२-६ , सोमबार


शरीरको कपडा 

 

एकजना राजा हरहमेसा आफूलाई खुसी राख्न चाहन्थे । तर कहिले आफैं र कहिले छोराछोरी विरामी हुँदा त कहिले जनताको समस्या र कहिले राज्यको सुरक्षाका कारण उनी चिन्तित हुने गर्दथे । उनी एकजना महात्मासँग गए र सधैंभरी खुसी रहने उपाय बताइदिन अनुरोध गरे । राजाको समस्या सुनेर महात्माले भने–राजन यदि तपाईंले कुनै त्यस्तो व्यक्तिको कपडा लगाउनुहोस् जसले जीवनमा कहिले पनि पीडाको अनुभव गरेको छैन ।

 

यदि यसो गर्नसक्नुभयो भने तपाईं जहिले पनि खुसी रहन सक्नुहुनेछ । त्यसपछि राजाले जीवनमा कहिले पनि पीडा नभोगेको तथा जहिले पनि खुसी रहेको व्यक्ति खोजी उसले शरीरमा लगाएको कपडा ल्याउनका निम्ति चारै दिशामा सेना दौडाए । तर कैयौं दिनको दौडधुपपछि पनि सेनाले एउटा पनि त्यस्तो व्यक्ति फेला पार्न सकेनन् । राजाले रिसाएर सेनालाई त्यस्तो मानिस खोज्नका निम्ति थप एक महिनाको म्याद दिए ।

 

त्यो महिनाको अन्त्यमा एक जना सैनिक राजाको खुट्टामा लम्पसार परेर भन्यो, महाराज क्षमादान दिनुप¥यो । देशको सिमाना छेउमा एकजना साधु फेला परेका थिए । त्यहाँका जनताले त्यो साधु जहिले पनि खुसी रहन्छ भन्थे । उसको अनुहारमा गहिरो खुसी आभा पनि देखिन्थ्यो । तर महाराज त्यो साधु नांगै समाधीमा थियो । अनि उसको के कपडा लिएर आउनु ? यो कुरा सुनेपछि राजाको दिमागमा महात्माको भनाइको रहस्य खुल्यो ।


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal