२०७६-२-६ , सोमबार


सेनाको बुट खरिद : टेस्ट रिपोर्ट फेललाई  नौ करोडको ठेक्का

काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको संगठनभित्र शुद्धीकरण गर्ने प्रतिबद्धता ब्यक्त गरेतापनि संभाररथी विभागले गर्ने स्वदेश र विदेशको पचासौं करोडको खरीदमा भने सुधार अभियान पस्न नसकेको गुनासो प्राप्त भएको छ । अहिले भर्खरै ८ करोड ८० लाखको कालो छालाको बुट ४९३७५ जोरको टेण्डर गुणस्तर फेल भएको सप्लायर्सलाई दिइएको स्रोतको दावी छ ।

 

स्रोतका अनुसार, भारतबाट ल्याएको गुणस्तरको रिपोर्ट फेल भएतापनि नेपाली सेनाले डीएमएस बुटको ठेक्का पूर्व प्रहरी निरीक्षक खिला केसीको फुट केयर इण्डष्ट्रीज दिएको कुरा थाहा भएको छ । आईटीएस र एसजीएस टेस्ट पास भएकोरिपोर्ट पेश गर्ने कम्पनीहरुलाई चाहिं दर महंगो भएको बहाना बनाएर टेस्ट फेल भएको गुणस्तरहीन कालो बुटको ठेक्का मिलेमतोमा दिइएको छ । 

 


न्यूनतम् मूल्यलाई दिने नियम भएको भन्दै डीएमएस बुटको ठेक्काको आशय पत्र सार्वजनिक गरेर सम्झौताका लागि पत्र समेत काटिसकेको स्रँेत बताउछ । स्रोतका अनुसार, फुट केयर इण्डष्ट्रीज पाएको उक्त ठेक्का आईटीएस र एसजीएस रिपोर्ट अनिवार्यरुपमा पास हुनु पर्ने प्रावधान भएतापनि उल्लेखित टेस्ट रिपोर्ट फेल हुँदाहुदै मिलेमतोमा लगभग नौ करोडको बुटको ठेक्का दिइएको छ ।

 

लेदरको बुटको १०/१५ प्रकारको टेस्ट गर्नुपर्ने हुन्छ । बुटको ४/५ प्रकारको मात्र पास भएको टेस्ट रिपोर्ट सबैभन्दा माथि राखेर अरु फेल भएको रिपोर्टलाई गुपचुप पारेर सप्लायर्ससग मिलेमतो गरी ठेक्का दिएपछि कपडा सप्लायर्सले अब अनिवार्य टेस्ट रिपोर्ट दिनुपर्ने कि नपर्ने भन्ने प्रश्न खडा भएको छ ।

 

संभार रथीका जर्नेल रघु भण्डारी, स्वदेशका कर्णेल जीवन शर्मालाई खुसी पार्न सके टेस्ट रिपोर्ट फेल हुँदाहुँदै पनि ठेक्का प्राप्त गर्न सकिने रहेछ भन्ने चर्चा ठेकेदारहरूबीच चलेको छ । संभार रथी विभागले गुणस्तर र टेस्ट रिपोर्टलाई मतलब नै नगरी आर्थिक चलखेलको आधारमा ठेक्का दिइएको आरोप लागेको छ । स्रोतका अनुसार, कपडा पनि पेश गरेको नमुना अनुसार नभएको रंग (कलर) नमिलेको टेस्ट रिपोर्ट फेल भएका सप्लायर्सलाई ठेक्का कसरी दिइयो भन्ने प्रश्न खडा भएको छ ।    

 


दुई पटकसम्म टेण्डर रद्द भई तेस्रो पटकमा स्वीकृत भएको बुटको टेण्डर प्रक्रिया पनि विवादमा परेको छ । न्यूनतम मूल्य प्रति जोर १८ सय दर राखेकै भरमा ठेक्का दिएपनि आवश्यक कागजात हेर्नुपर्दथ्यो या पर्थेन भनी प्रश्न उठाउँदै असन्तुष्ट पक्षले प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी गरेको समेत थाहा भएको छ ।

 

बुटको माथिल्लो भागमा छाला नै हुनुपर्ने भन्दै सेनाले आफ्नो प्रस्ताव अनुसारका टेण्डर फाराम नपरेको भन्दै दुई पटकसम्म रद्द गरेको थियो । तेस्रो पटकमा सेनाले हेटौंडास्थित फुटवेयर इण्डष्ट्रिज प्रालिलाई ठेक्का दिएको छ । उक्त प्रालिले आफूसँगको नमुना सेनाले मागेअनुसारको मापदण्ड रहेको भन्दै दिल्लीस्थित एसजीएसको रिपोर्ट हालेको छ, उक्त रिपोर्ट पास नभई फेल भएको कुरा बाहिर आएको छ ।  (साँघु साप्ताहिक, २०७६ बैशाख २)


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal