२०७६-१-७ , शनिबार


पार्टी एकीकरणका लागि नेपालको छुट्टै प्रस्ताव   : नेकपाभित्र चन्द्रगिरी बैठकको तरंग 

साँघु न्युज स‌ंवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको २०७५ चैत २८ र २९ गतेको चन्द्रागिरी बैठकले सत्तारुढ नेकपामा ठूलै तरंग ल्याएको छ । दुई पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा पनि एकीकरण प्रक्रिया अगाडि बढ्न नसकेपछि अध्यक्षद्वय ओली र दाहाल सचिवालयका दुई सदस्य विष्णु पौडेल र रामबहादुर बादलसहित चैत २८ गते विहीबार सा“झ चन्द्रागिरीमा बासै बस्नेगरी पुगेका थिए । एकीकरण प्रक्रियालाई टुंग्याउने उद्देश्यसहित चन्द्रागिरी पुगेका दुई अध्यक्षले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर २०७६ बैशाख ९ गते एकीकरण सम्पन्न भएको घोषणा गर्ने सहमति गरेको स्रँेत बताउछ । 

 


 नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा २०७५ जेठ ३ गते भएको एकीकरण २०७५ साउन मसान्तभित्रमा सम्पन्न गरिसक्ने निर्णय भएको थियो । तर, विभिन्न किसिमका समस्या आएपछि दुई पार्टी एकीकरण प्रक्रिया निरन्तररुपमा जटिल बन्दै गएको छ । यही कारणले गर्दा नै एकीकरण प्रक्रिया सम्पन्न हुन सकेको थिएन ।

 

एकीकरण प्रक्रियालाई सहज बनाउनका लागि साविक नेकपा एमालेले ४५ जिल्ला र साविक नेकपा माओवादी केन्द्रले ३२ जिल्लामा नेतृत्व गर्ने र एउटा पार्टीकोे इन्चार्ज भएको जिल्लामा अर्काे पार्टीको स्थानीय नेता सह इन्चार्ज हुने सहमति रहेको थियो । जिल्ला कमिटीहरुको एकीकरणको सम्बन्धमा अध्यक्षद्वय ओली र दाहालले चन्द्रागिरी बैठकमा यही मापदण्ड नै अख्तियार गरेको बुझिएको छ । तर, जनवर्गीय संगठनहरुलाई कसरी एकीकरण गर्ने सम्बन्धमा अझै पनि अध्यक्षद्वयले फर्मूला तयार पार्न नसकेको स्रँेत बताउछ । 


नेकपाका वरिष्ठ नेता माधव नेपाल पक्ष भने भागवण्डाको आधारमा नभएर क्षमता र योग्यताको आधारमा पार्टी एकीकरण प्रक्रियालाई अगाडि बढाउनुपर्ने अडान राख्दै आएको छ । अध्यक्षद्वयले आफ्नो सहजता र स्वार्थका निम्ति आफू अनुुकुल हुनेगरी एकीकरण गर्ने प्रक्रिया अगाडि बढाए समानान्तर जिल्ला कमिटीहरु गठन हुनसक्ने चेतावनी पनि दिएको छ । यसैगरी पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा पनि एकपटक पनि केन्द्रीय कार्यसमितिको बैठक बस्न नसक्नु र विभिन्न समिति तथा विभागहरु गठन हुन नसक्नुलाई पनि नेपाल पक्षले नेतृत्वको कमजोरीको रुपमा लिएको छ । तर, अध्यक्षद्वय भने अब एकीकरणको मामिलामा माधव नेपाल पक्षको माग र सुझावलाई महत्व दिने पक्षमा नदेखिएको आशंका ब्यक्त गरिदैछ । 


 चन्द्रागिरी बैठकमा पार्टीका प्रभावशाली नेता नेपाललाई सहभागिता नगराउनुले अध्यक्षद्वय एकीकरणको मामिलामा एकलौटी ढंगले अगाडि बढ्न चाहेको रुपमा नेकपाका कार्यकर्ताहरुले लिएका छन् । चन्द्रागिरीमा अध्यक्ष्ँद्वयको भएको बैठकप्रति माधव नेपाल पक्षले आश्चर्यसमेत व्यक्त गरेको छ । यो स्थितिमा नेपाल पक्षलाई बेवास्ता गर्दै अध्यक्षद्वयले एकीकरण प्रक्रिया सम्पन्न भएको घोषणा गरेभने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चर्किने र संकटमा पर्न सक्ने देखिएको छ । 


लामो समयसम्म एकीकरण प्रक्रिया अगाडि बढ्न नसकेपछि सचिवालय बैठकले अध्यक्षद्वयलाई एकीकरण प्रस्ताव ल्याउने जिम्मेवारी दिएको थियो । यो जिम्मेवारी प्राप्त गरेपछि अध्यक्षद्वयले साविक नेकपा एमालेले ४५ जिल्लामा र साविक माओवादी केन्द्रले ३२ जिल्लामा नेतृत्व गर्ने सहमति गरेका थिए । अध्यक्षद्वयले यो सहमति गरेपछि माधव नेपाल पक्षले पार्टीका कार्यकर्ता तथा नेताको विगतको पार्टी संलग्नतालाई नहेरी योग्यता र क्षमताको आधारमा मन्त्री र सांसद नरहेका नेताहरुलाई जिल्ला समितिको नेतृत्व दिने प्रस्ताव गरेको थियो ।

 

यसैगरी जिल्ला तहको एकीकरणलाई सहज बनाउनका लागि नेपाल पक्षले जिल्ला तहको एकीकरण गर्नुपूर्व पोलिटव्यूरो गठन गर्ने प्रस्ताव पनि गरेको थियो । तर, अध्यक्षद्वय दाहाल र ओली आफू निकटका स्थानीय नेताहरुलाई जिल्ला कमिटीको नेतृत्व दिनेगरी गृहकार्य गरिराखेको आरोप नेपाल पक्षको रहेको छ । 


 यसको स्पष्ट संकेत माधव नेपाल पक्षलाई सिन्धुपाल्चोक र दोलखा दुई जिल्लाको मात्र नेतृत्व दिने प्रस्ताव  गरेबाट हुन्छ । नेपाल पक्षलाई सिन्धुपाल्चोकमा झंक नेपाललाई र दोलखामा भीमप्रसाद दाहाललाई इन्चार्ज बनाउने प्रस्ताव गरिएको स्रँेत बताउछ । जबकि मुलुक ७५ जिल्ला हु“दा साविक एमालेमा ३६ जिल्लामा नेपाल पक्षीय इन्चार्ज जितेर आएका थिए । 


 झारा टार्न केही जिल्लाको नेतृत्व मात्र दिने र पार्टीका प्रभावशाली नेता माधवकुमार नेपालद्वारा प्रस्तावित ब्यवहारिक प्रस्तावलाई लत्याएर अध्यक्षद्वय बहुमतको आडमा पेलेर अगाडि बढ्ने टुंगोमा पुगेमा नेपाल पक्ष सहेर नबस्ने निर्णयमा पुगेको स्रँेतको दावी छ । एमालेको निर्वाचित जिल्ला नेतृत्वलाई उपेक्षा गरेर अन्याय गर्ने  हो भने नेपाल पक्षले आफ्नो अपमान समेत भएको ठानेर सबै जिल्लामा समानान्तर कमिटी गठन गरेर अगाडि बढ्ने मनस्थिति बनाएको माधव नेपाल पक्षका एकजना केन्द्रीय सदस्यले सा“घुलाई बताए । 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal