२०७६-१-७ , शनिबार


लुक्ला विमान दुर्घटनामा मृत्यु हुनेकाे संख्या ३ पुग्यो

साँघु न्युज स‌ंवाददाता

 

काठमाण्डौ १ बैशाख । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विमानका सहचालक एस ढुङ्गाना र विमानस्थलकाे सुरक्षामा खटिएका दुई जना प्रहरी कर्मचारीकाे मृत्यु भएकाे छ । 

 

मृत्यु हुनेमा पर्यटक प्रहरीका असई रामबहादुर खड्का र अर्का असई रुद्रबहादुर श्रेष्ठ छन । लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर पार्किङ गरिराखेको मनाङ एयरकाे हेलिकाेप्टरमा ठाेक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

 

असई श्रेष्ठको उपचारार्थ काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते समिट एयरका क्याप्टेन आरबी रोकाया र मनाङ एयरको क्याप्टेन लाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर रहेकाे बताइएकाे छ ।

दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा र अन्य जना  ४ यात्रुको अवस्था सामान्य रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal