२०७६-१-७ , शनिबार


ग्लोबल आइएमई बैंकको “सबै नेपालीको बचत खाता”

साँघुन्यूज डटकम सम्बाददाता

काठमाडौं, २०७५ चैत ३० गते । ग्लोबल आइएमई बैंक लि.ले नेपाल सरकारले नयाँ वर्ष २०७६ बैशाख १ गते देखि घोषणा गर्न लागेको ‘समृद्धसँग जोडौं नाता : सबै नेपालीको बैंक खाता’ अभियान अन्तर्गत “सबै नेपालीको बचत खाता” शीर्षकको नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ ।

 

नेपाल सरकारले शुरु गर्न लागेको अभियानलाई सघाउने उद्देश्यले बैंक खाता नहुने नेपाली नागरिकहरुलाई लक्षित गरि ग्लोबल आइएमई बैंकले नयाँ बचत खाता शुरु गरेको हो । २०७६ बैशाख १ गतेदेखि खोल्न सकिने यो बचत खाता अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाई ग्लोबल आइएमई बैंक ले रु. १०० बोनस स्वरुप खातामा जम्मा गरिदिनेछ ।

 

उक्त खाता ग्लोबल आइएमई बैंकका सबै १३६ शाखा तथा नौ वटा एक्सटेन्सन काउण्टरमार्फत सहजरुपमा नागरिकता, राहदानी, फोटोसहितको मतादाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र अथवा कुनै पनि सरकारी निकायले जारी गरेको फोटोसहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिनेछ ।  
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal