२०७६-१-७ , शनिबार


सेनाका दुई जर्नेल टण्डुल र शर्माले इतिहास रच्ने 

काठमाडौं । पूर्णचन्द्र थापा प्रधान सेनापतिमा नियुक्त भएपछि रिक्त हुन गएको नेपाली सेनाको रथी पद लगभग पाँच महिनासम्म पूर्ति नभएपछि नेपाली सेनाका बलाधिकृत रथी हेमन्तराज कुँवर उमेर हदका कारण २०७६ वैशाख ११ गते अवकास भएपछि रिक्त हुने नेपाली सेनाको रथी को बन्ला भन्ने जिज्ञासा ब्याप्त थियो । रथी हेमन्तराज कुँवर आगामी २०७६ वैशाख ११ मा उमेर हदका कारण अनिवार्य अवकासमा जांदैछन् । 


सेनामा रथीको उमेर हद ५८ वर्ष रहेको छ ।  अवकास हुन् १५ दिन अघि नै विदामा वस्नुपर्ने सैनिक परम्पराअनुसार कुँवर २०७५ चैत २८ गतेबाट विदामा बस्ने तयारीमा छन् ।  

 


 वरिष्ठ उपरथी गौरव तण्डुलको रथीका लागि बढुवा सिफारिस तत्काल नहुँदा उनी पनि २०७६ वैशाख १९ गते अनिवार्य अवकासमा जाने अवस्था थियो ।  वरिष्ठ उपरथी गौरव तण्डुल २०७६ वैशाख ११ गते रिक्त हुने रथी पदका लागि बढुवा सिफारिस भएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापा टण्डुललाई बढुवा गर्ने पक्षमा नभएको चर्चा चलिरहेको बेला रथी बढुवाको प्रक्रिया अघि बढेपछि हल्लाहरू मिथ्या सावित भएका छन् ।

 

सैनिक स्रोतका अनुसार, बलाध्यक्ष रथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले टण्डुललाई रथीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले गिरी नेतृत्वको बोर्ड बैठकको निर्णय २०७५ चैत २२ गते शुक्रवार सदर समेत गरिसकेको थाहा भएको छ । रथी कुँवर विदामा वस्नु एक हप्ताअघि नै उपरथी तण्डुलको बढुवा प्रक्रिया अघि बढेको छ । उनको बढुवाको दावी विरोधको लागि एक हप्ते सूचना समेत प्रकाशित भइसकेको थाहा भएको छ । 

 


बढुवा समितिले टण्डुलको सैनिक सेवा नियमावली २०६९ को परिच्छेद–३ को सरुवा बढुवासम्बन्धी नियमावलीको नियम–३३ को ‘क’ बमोजिम बढुवा सिफारिस गरिएको जनाइएको छ । तर, संशोधित सैनिक नियमावली २०७५ अनुसार बढुवाको लागि सेनाले ७ दिने सूचना प्रकाशित गरेको छ । 

 


हालसालै संशोधित सैनिक नियमावली २०७५ अनुसार भने रथी बढुवाका लागि ७ दिने सूचना प्रकाशित गर्नुपर्ने उल्लेख रहेको बताइन्छ । त्यसमा रथीमा बढुवा हुनका लागि एक वर्ष पृतनाको कमाण्ड गरेको हुनुपर्ने उल्लेख छ । यसरी हेर्दा उपरथी तण्डुलको रथी बढुवा सिफारिस त्रुटिपूर्ण रहेको सैनिक अधिकृतहरू चर्चा गर्दछन् ।

 


उपरथी टण्डुलले पृतनाको कमाण्ड जम्मा सात महिना गरेको स्रोतको दावी छ । नयाँ नियमअनुसार सिफारिस भएको हो भने रथीमा बढुवा हुनका लागि एक वर्ष पृतनाको कमाण्ड गरेको हुनुपर्ने उल्लेख रहेको बताइन्छ ।  तर, सेनाका एक उपरथीका अनुसरा, सेनाको संशोधित नियमावली केही समयपछि मात्र लागू हुनेछ ।

 


वरियताको आधारमा भने रथी बढुवाको लाइनमा उपरथी गौरव तण्डुल नै त्यसका हकदार हुन् । तण्डुलको रथीमा बढुवा सिफारिससंगै अर्का उपरथी प्रभुराम शर्मा सामान्य अवस्था र रोलक्रम अनुसार, प्रधानसेनापति बन्ने बाटो भने खुला भएको छ । तण्डुल २०७७ वैशाख १९ मा रथीबाट अवकास भएपछि मात्र उनको ठाउँमा प्रभुराम शर्मा तीन तारे जर्नेल बन्नेछन् । त्यसपछि हालका प्रधानसेनापति थापाले २०७८ साल भदौमा अवकास पाइसकेपछि उनको ठाउँमा शर्मालाई प्रधानसेनापति बन्ने बाटो खुल्नेछ । 

 


हालका उपरथी शर्माका लागि तण्डुल रथीमा बढुवा हुनु नै उनलाई प्रधानसेनापति बन्ने वाटो खुला भएको हो । टण्डुल उमेर हदका कारण २०७७ वैशाख १९ मै अवकास पाउनेछन् । यद्यपि शर्माको उपरथीमा पदावधि भने थप गर्नुपर्ने हुन्छ । उनको उपरथीको पदावधि आगामी वर्षको कात्तिकमा सकिदैछ । 

 


सामान्यतया उपरथीको पदावधि थप हुने भएकाले सामान्य अवस्थामा शर्मा नै भावी प्रधान सेनापति वन्ने निश्चित भएको छ । हाल युद्धकार्य महानिर्देशक समेत रहेका शर्मालाई प्रधान सेनापति बन्न सजिलो हुने गरी नै सेनापति थापाले टण्डुलको बढुवा गरेको चर्चा सैनिक वृत्तमा चलेको छ । यदि तण्डुलको रथीमा बढुवा नभएको अवस्थामा प्रधान सेनापतिका लागि अस्वभाविक प्रतिस्पर्धा हुने देखिएपछि प्रधान सेनापति थापाले उक्त बाटो बन्द गरेको चर्चा छ । 

 


नेवार समुदायबाट पहिलो रथीको इतिहास रच्दै सेनामा तण्डुलको रथीमा बढुवासंगै प्रभुराम शर्मा चाहिं ब्राम्हण समुदायबाट पहिलो प्रधान सेनापति बनेर इतिहास रच्ने भएका छन् ।  थापा सेनापतिमा नियुक्त भएसंगै शर्मालाई सेनामा प्रधान सेनापति बन्नुभन्दा पहिले दिईने युद्धकार्य महानिर्देशकको जिम्मेवारीमा ल्याइएको थियो ।

 

 शर्माले भारतबाट नेशनल डिफेन्स कोर्र्ष गरेका हुन् । उनी सेनामा क्षमतावान् र विवादमा नआएका सैनिक अधिकारीका रुपमा चिनिन्छन् ।  सेनाका अर्का रथी गिरी २०७७ असार ६ मा उमेर हदका कारण अनिवार्य अवकासमा जानेछन् ।  
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal