२०७६-१-७ , शनिबार


भिडियो गेम खेलेर करोडौं आम्दानी

 

केटाकेटीको शौख नै हुन्छ भिडियो गेम खेल्ने । केटाकेटी बिग्रिन्छन् भनेर आमाबाबुले भिडियो गेम खेल्दा गाली गर्छन् र खेल्न दिंदैनन् पनि । तर, अमेरिकी एक १४ बर्षीय बालकप्रति भने उनका आमाबाबु खुसी छन् । ती बालकले एक बर्षमा भिडियो गेम खेलेर २ करोडभन्दा बढी रकम कमाएका छन् । न्यूयोर्कका स्थायी ग्रिफिन स्पिकोस्की नाम गरेका यी बालकलाई भिडियो गेम खेल्न मनपर्दछ ।

 

उनले यसरी आफूले खेलेको भिडियो आफ्नो यूट्यूब च्यानल स्केप्टिकमा अपलोड गर्ने गर्दछन् । यही युट्यूब भिडियोबाट उनको मनग्गे आम्दानी हुने गरेको छ । उनको यूट्यूब च्यालनमा १२ लाख सब्सक्राइबर छन् । ग्रिफिनको कमाई देखेर उनको आमाबाबुले एक आर्थिक सल्लाहकार र लेखा हेर्ने व्यक्ति समेत राखिदिएका छन् । ग्रिफिनका आमाबाबुका अनुसार ग्रिफिनले ३ बर्षदेखि नै भिडियोगेम खेल्न थालेका थिए । ग्रिफिनले आफ्नो स्कूल पनि छाडेका छन् । उनले अहिले अनलाइनबाट अध्ययन गरिरहेका छन् । उनी घरमै बसेर भिडियो गेम खेल्दै करोडौं कमाइ गरिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal