२०७६-१-७ , शनिबार


नर्कको महसुस गर्ने भए यहाँ जानुस्

 

थाइल्याण्डको चियाङमाइ शहरमा एउटा यस्तो मन्दिर अवस्थित छ जहाँ श्रद्धालुहरू धर्मकर्म गर्न नभई  नर्क हेर्न पुग्ने गर्दछन् । यहाँ कुनै देवी देवताको मन्दिर नभई मृत्युपछि पापका आधारमा के के सजाय पाइन्छ भनि हेर्न पाइन्छ । यहाँ त्यस्ता किसिमको मूर्तिहरू स्थापना गरिएको छ जसमा के कस्ता सजाय छन् भनेर देख्न पाइन्छ । मूर्तिहरूले पाप गरेपछि नर्कमा के कस्तो पीडा पाइन्छ भनि दर्शाउने गर्दछ ।

 

यो मन्दिर सनातन धर्म र बौद्ध धर्मबाट प्रेरित छ । थाइल्याण्डको बैंककबाट ७ सय किलोमिटर टाढा चियाङमाइ शहरमा करीब ३ सय मन्दिर छन् जसमध्ये यो विश्वकै विचित्रको मन्दिर मानिन्छ । यस मन्दिर निर्माता भनेर एक बौद्ध भिक्षु प्रा.क्रु विशानजालिकनको नाम लिने गरिन्छ ।

 

उनले पाप र पीडा दिने व्यक्तिको अन्त पनि दुखदायी हुन्छ भनि मूर्तिमार्फत दर्शाएका छन् । यही कुराबाट प्रेरित भई उनले यस मन्दिरको परिकल्पना गरे जहाँ मृत्युपछि आत्माले भोग्न सक्ने कष्ट कस्तो हुन्छ भनि देख्न सकिन्छ । 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal