२०७६-१-७ , शनिबार


अण्डाको सेतो भाग अन्त गर्छ रक्तचाप 

 

अमेरिका वैज्ञानिकहरूको एक अध्ययनले कुखुराको अण्डाको भित्रको सेतो भागले रक्तचाप घटाउन एकदमै महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनुसन्धान तथा शोधले खुलासा गरेका छन् । अण्डाको भित्री सेतो भागमा रक्तचाप घटाउन  सक्ने क्षमता रहेको हुन्छ र यसबाट कुनै नकारात्मक असर पनि पर्दैन । हालसालै प्रस्तुत गरिएको यस अध्ययनले यस दृष्टिकोणलाई समर्थन गर्दै साइन्स डेली पत्रिकामा प्रकाशित गरिएको छ ।

 

साइन्स डेलीका अनुसार वैज्ञानिकहरूको निष्कर्षले अण्डाको सेतो भाग उनीहरूका लागि एकदमै आकर्षित छ जो कोलेस्ट्रोलबाट बढी ग्रसित छ भन्ने विषय प्रस्तुत गरेको छ । अण्डा भित्रको पहेंलो भाग भने खान नचाहेको रिपोर्टमा समेत उल्लेख छ । अनुसन्धानद्वारा अण्डाको भित्री सेतो भागले रक्तचाप कम गर्न सक्षम रहने कुरा प्रस्तुत गरिएको छ । 

 


वैज्ञानिकहरूको यस अध्ययनलाई विश्वकै सबैभन्दा ठूलो वैज्ञानिक समाज अमेरिकी केमिकल सोसाइटी (एसीएस) को २४५ २ व्ी राष्ट्रिय बैठकमा प्रदर्शनी गरिएको थियो । जनकारीका अनुसार अण्डाको भित्री सेतो भागमा पेप्डाइड रहन्छ  जसले रक्तचापलाई कम गर्दछ यसका साथसाथै यो क्रेप्टोप्रली(रक्तचापको औषधि) जत्तिकै प्रभावी रहन्छ । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal