२०७६-१-७ , शनिबार


अर्थात जेमन्त : शरदराज गौतम

बारा र पर्साको चक्रवात मुलुकका लागि पहिलो अनुभव थियो, होला ।
तर, चार वर्ष पनि नपुगेको विपत् अनुभवमा नेपालको सिकाई पहिलो थियो ।
समस्याको गाँठो हाम्रो सिकाई चक्रमा थियो ।
हामी कहिल्यै आफ्ना अनुभवहरूलाई अभिलेखीकरण गर्न चाहन्नौ ।
न त सूचीकरण नै ।
सारा मुलुक प्रधान मन्त्रीको जिब्रो फट्कारेर कथिने उखान टुक्का भएको छ ।
जिब्रो फट्कारेर खाने विधामा पारंगत ।
यी सबैमा सजिलो के भएको छ भने
परजीवी राजनीतिकर्मी, गफ हाँक्ने टेक्नोक््रयाट र जुम्से कर्मचारी र तिनको संयत्रलाई
आउँदो चारवर्ष विपत् कोकोहोलोको तमासा देखाउने नयाँ काम मिलेको छ ।
ती हरेक विकासे गफमा चक्रवातलाई अड्को बनाउने छन, र आफ्नो जुम्सोपन लुकाउने छन् ।
चामल बोकेर हेलिकोप्टरमा पुग्ने नेताहरू
टेलिभिजन क्रुका अघिल्तिर मुख बङ्ग्याएर बोल्ने टेक्नोक्र्याटहरू
र, चाकरभावमा ढाड कुप्य्राएर देखिने कर्मचारीहरू
सबका सबको चटक आउँदा वर्षहरूमा आवधिक पञ्चवर्षे योजना झै छरपष्ट हुनेछन् ।
त्यसै हाम्रा प्रधान मन्त्रीले ‘एल’ कट्टीको ध्वाँस दिनु भएको होइन ।
‘एल’ कट्टी भनेको ‘लिष्ट डेभलेप्ट’ लिष्टबाट नाउँ हटाउने विधि ।
राष्ट्रिय विकास परिषदको बैठकमा ‘एल’ कट्टीको प्रधान मन्त्रीको ठट्टा
साइकोºयान्सी भन्दा बढ्ता क्यै पनि होइन ।
मुलुकको गणतन्त्रले ओसारेको सबभन्दा बसलयो हतियार भनेकै समाजवाद उन्मुख शब्द हो ।
र, त्यसको आडमा सरकार जति पनि खोक्न सक्छ र जति पनि झुक्याउन ।
सामान्य भन्दा सामान्य मानिसको ‘जिक्यु’ कुन स्तरसम्म बढेको छ, त्यसको हेक्का कोइ 
राख्दैनन् ।
तिनलाई लाग्छ जे बोल्दा पनि हुन्छ, जे भन्दा पनि हुन्छ ।
यस्तो बेला हाम्रा प्रधान मन्त्री विकासे बकमफुस्सेहरूको भेलामा
पन्ध्र वर्षे पञ्च वर्षीय योजनाको न्वारान प्रथम संघीय पञ्च वर्षे योजना भनि गर्नु हुन्छ, जब ।
कत्ति हाँस्नु ...... ।
धरातलीय सत्य के हो भने
नागरिक सरकारसित दुइ सय घर धुरीको विपत् हेर्ने ल्याकत छैन ।
मौसम अनुसारको ट्युनिक पहिरिएर लामबद्ध फौजी कर्मचारी अघिल्तिर
प्रधान मन्त्रीले खोक्नुको कुनै तुक छैन ।
प्रधान मन्त्रीका भनाईहरूमा परपीडन मात्रै देखिन्छ ।
साइकोफेन्सी ।
मानौ कुनै घोकाधडी लुकाउन वहाँ त्यस्तो बोल्नु हुन्छ ।
कुन चाहिं बोलीलाई ‘बेञ्च मार्क’ बनाउने, लगानीकर्ता र भुँइ मान्छेले ।
घर घरमा ग्यासको पाइप पु¥याउने कि भित्ता भित्ता भएर बिजुलीको तार पु¥याउने ?
चक्रवातले एउटा सानो हिस्साको जनसंख्यामा मात्र विपत् थोपरेको छ ।
तर, आफ्ना बोली र बयानका कारण जुन विपत् वहाँ अघिल्तिर आउन खोजिरहेको छ ।
तिनका लागि वहाँले कुन कुन जर्साबहरूलाई तामेलीको आदेश दिनु हुन्छ ।
मलाई डर त्यति मात्रै लागेको हो ।
र डराउने कुरा पनि त्यति मात्रै हो ।
हाम्रोतिर कुन्नि किन भन्छन् नामर्दभन्दा कमारो ठीक ।
मुलुक अघिल्तिर साना साना हुरीका गन्थ्रीहरू जोडिंदैछन् ।
प्रधान मन्त्री र उनका अनुचरहरू आँखा चिम्म गरेर बस्छन, बेग्लै कुरा हो ।
साना साना हुरीका ग्रन्थीका चक्रवात स्वरुपलाई आफ्ना दुई सुते गफ सुनाएर
हाम्रा प्रधान मन्त्री आफ्नो बौद्धिकता देखाउनु हुन्छ ।
यो जस्तो भयानकको मजाक यो देशमा अरु कुनै हुन सक्तैन ।
सरकारलाई पूर्व राजा ज्ञानेन्द्रको शासनसित न दाँज्ने उर्दी छ ।
म त्यो उर्दीको अवज्ञा गर्दछु ।
ज्ञानेन्द्रको शासनकाल राजदरबारको गजबारभित्र खुम्चिएको थियो ।
हाम्रा प्रधान मन्त्रीसित त म त्यति स्पेश पनि देख्दिन ।
चित्तौनतिर एक सिड्डे गैंडा मार्ने एउटा रैथाने विधि छ ।
‘खाल्टे धराप विधि’ ।
गैंडाको सामथ्र्य र शक्ति भेदनका लागि त्यो विधि बनाइएको हुँदैन ।
गैंडाको स्वभाव भेदन गर्न मात्र रैथाने सिकारीहरू ‘खाल्टे धराप विधि’उपयोग गर्दछन् ।
अहिले हाम्रा प्रधान मन्त्रीको शक्ति र सामथ्र्यलाई होइन
उनको स्वभाव भेद्नमा उनको सिकार हुनेछ ।
जतिसुकै जण्ड किन न होस्, गैंडा ।
दिशा गर्ने बाटोमा गल्र्याम्म ।
दुई तिहाई वा जतिसुकै सर्वशक्तिमान किन न हुनुहोस्, हाम्रा सरकार प्रमुख ।
आफ्नै साइकोफेन्सीमा गल्र्याम्म ।
दोष दिने ठाउँसम्म बाँकी नरहला ।


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal