२०७६-१-७ , शनिबार


योगेश भट्टराई मन्त्री बन्लान् कि नबन्लान्   ? 

साँघुन्यूज डटकम सम्बाददाता

काठमाडौं । प्रचण्डको अमेरिका भ्रमणपछि पर्यटन मन्त्री नियुक्त गर्ने चर्चा थियो । २०७५ फागुन १५ गतेको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि अर्को पर्यटनमन्त्री नियुक्त हुन सकेको छैन । त्यसैले दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच केही समय अघि भएको छलफल अनुसार अघिल्लो सातातिरै पर्यटनमन्त्री नियुक्त भइसक्नुपर्ने थियो । तर, त्यसअनुसार काम हुन सकेन ।  

 

अहिलेसम्म पर्यटनमन्त्री नियुक्त हुन सकेको छैन । अर्थात् कसलाई बनाउने भन्ने अहिलेसम्म व्यक्ति रोज्न सकिएको छैन । त्यसले गर्दा पर्यटन वर्ष २०२० लाई समेत असर परेको छ । 


 मन्त्रीहरु फेरबदल गर्ने कि नगर्ने भन्ने विषयमा दुई अध्यक्षबीच मतभेद देखिएपछि यो प्रक्रिया पनि रोकिएको नेकपा स्रोतको भनाई छ । नेकपाका नेताहरुको भनाईमा मन्त्रिपरिषदका सदस्य फेरबदल नहुने हो भने सञ्चार मन्त्री गोकुल बास्कोटालाई लैजानबारे छलफल भएको थियो । तर, मन्त्रिपरिषदका सदस्य फेरबदल गर्ने हो भने योगेश भट्टराईलाई पर्यटन मन्त्री बनाउनेबारे छलफल भएको स्रोत  बताउछ ।

 

प्रधानमन्त्रीनिकट नेकपाका केही नेताहरुमार्फत भट्टराइलाई सन्देश पठाईरहेको चर्चा छ । तर, भट्टराईले त्यसमा सहमति जनाईसकेका छैनन् । अर्थात आफू मन्त्री भएपछि मन्त्रिपरिषदका सदस्यहरु फेरिए भने लामो समय आफ्नो पनि काम गर्ने वातावरण  नहुने हो कि भन्ने भय सांसद भट्टराईमा रहेको चर्चा छ ।

 

त्यसैले पनि उनी अलमलमा परेको उनीनिकट नेताहरुको भनाइ छ । प्रचण्डले त अमेरिका जानु अगाडि नै भट्टराईलाई पर्यटन मन्त्री हुनलाई आग्रह गरेका थिए । तर, अहिले भने पर्यटन मन्त्रालयमा चासो राख्नेको संख्या भने बढेको छ । त्यसबाहेक यो मन्त्रालय बामदेव गौतमको भागमा परेका कारण उनी निकटका नेतालाई मन्त्री बनाउनुपर्ने वाध्यता पनि छ प्रधानमन्त्रीलाई ।

 

हुन त, राज्यमन्त्री धनबहादुर बुढालाई  फुल मन्त्रीका लागि एकपटक प्रधानमन्त्रीले सोधेको पनि चर्चा छ । तर, बुढाले आफूले नसक्ने भन्दै जवाफ दिएको चर्चा पनि छ ।

 

वामदेवको कोटाबाट टाढा पुगिसकेका तर त्यही धारमा रहेका योगेशलाई मन्त्री बनाउदा ओली, प्रचण्ड, माधव नेपाल, वामदेव गौतम सबैको रोजाईमा पर्नेछन् । केही महिना पहिला हार्दिक होटलको एक कार्यक्रममा बोल्दै प्रचण्डले जसरी पनि मन्त्री बनाउछु भनेर  सांसद योगेशलाई भनेका थिए । 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal