२०७६-१-७ , शनिबार


बालगुरु आदित्यले  आफ्नै  रगतले लेखे ‘ॐ आदि अनादि आदित्याय परमज्योति आराध्याय ॐ नमोनम'

    काठमाडौँ, २४ चैत : बालगुरु आदित्य आश्रम गौरीनगरमा एकहप्ते आदिमणि मन्त्र महाअनुष्ठान शुरु भएको छ ।     गौरीनगरस्थित आश्रमबाट पशुपतिनाथ मन्दिरसम्म कलश यात्रा गरी महाअनुष्ठान शुरु भएको प्रचारप्रसार समितिका सहसंयोजक सुशील कोइरालाले राससलाई जानकारी दिए  ।


 
    महाअनुष्ठानमा ‘ॐ आदि अनादि आदित्याय परमज्योति आराध्याय ॐ नमो नम :’ मन्त्र बिहान पाँच बजेदेखि राति १० बजेसम्म, गायत्री मन्त्र र ॐ नम : शिवाय अहोरात्र जप गरिनेछ ।


‘ॐ आदि अनादि आदित्याय परम ज्योति आरध्याय ॐ नमो नम :’ मन्त्र बालगुरु आदित्यले नै देख्नुभएको हो । यो मन्त्रको जप गर्दा मानिस हर प्रकारका समस्याबाट मुक्ति पाउँछ भन्ने सार पनि उहाँले लेख्नुभएको जनाइएको छ ।


 
    मध्यन्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म १०८ कुण्डमा हवन गरिने कार्यक्रमसमेत छ । चार वर्षमा ज्ञान प्राप्त गर्नुभएका बाल गुरुकै निर्देशानुसार आश्रमस्थलमा गाईको अनुहार र साँढेको जीउ भएको भुँडीभित्र पञ्चमुखी शिवको मन्दिर निर्माण भएको छ । मन्दिरको तल बालगुरुले आफ्नो रगतले ‘ॐ आदि अनादि आदित्याय परमज्योति आराध्याय ॐ नमो नम :’ भनी लेखेको मन्त्र राखिएको छ । मन्दिरको चैत ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्राण प्रतिष्ठा गरी उद्घाटन गर्ने आयोजक समितिले जनाएको छ । 

 

    त्यसै दिन बालगुरु आदित्यको शुभोपनयन पनि गरिनेछ । मन्दिरको डिजाइन बालगुरु आदित्यले नै गरेको सहसंयोजक कोइरालाले बताए  । यस्तो मन्दिर विश्वमै कतै नभएको जनाइएको छ ।


 
    मन्दिर निर्माणका लागि सयौँ इञ्जिनीयरले स्वयंसेवकका रुपमा काम गरेका थिए । गाईको आँखा पशुपतिनाथको गजुरमा पर्ने डिजाइन गरिएको छ । छ रोपनी क्षेत्रफलमा फैलिएको आश्रमको छ आनामा मन्दिर निर्माण भएको छ । महायज्ञमा भक्तजनको भीड लागेको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal