२०७६-१-७ , शनिबार


आमा छोरीले उडाए जहाज

 

क्याप्टेन वेन्डी रेक्सट्न र उनकी छोरी केली रेक्सटनले अमेरिकाको लसएन्जल्सबाट एटलान्टाका लागि डेल्टा एयरलाइन्सको जहाज उडाएका छन् । यो कुनै संयोग नभएर यी आमाछोरीको जागिर नै हो । उक्त जहाजमा यी आमाछोरी पाइलट टीममा थिए । हो, वास्तवमा यो परिवार नै उक्त पेशामा संलग्न छ । यी आमाछोरीले संयुक्तरुपमा जहाज उडाएको तस्विर ेसामाजिक सञ्जालमा पोष्ट गरेपछि भाइरल बनेको छ । 

 


खबरका अनुसार, वेन्डी उक्त जहाजमा क्याप्टेन थिइन भने छोरी फस्ट क्लास अफिसर थिइन । उनका अन्य परिवारका सदस्य पनि पायलट नै छन् । केलीको बहिनी पनि पाइलट छिन् र बाबु पनि पाइलटबाट रिटायर भएका हुन् । डेल्टा फ्लाइटले आफ्नो आधिकारिक ट्वीटरमा ‘फेमिली फ्लाइट क्रु गोल्स’ अर्थात् उडानमा क्रु परिवारको लक्ष्य भनि लेखेको छ । एक यात्रुले ककपिटमा आमा छोरीसँग खिचेको तस्विर सार्वजनिक गर्दै रमाइलो लागेको कुरा उल्लेख गरेका छन् । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal