२०७६-१-७ , शनिबार


चलचित्र ‘कालो बर्ष’को यस्तो साथी बोलको गीत सार्वजनिक (भिडियोसहित)

साँघु न्युज स‌ंवाददाता

काठमाण्डौ १५ चैत । चलचित्र कालो वर्षको पहिलो गीत सार्वजनिक भएको छ । चलचित्र वैशाख १३ गते प्रदर्शनमा आउने तयारीमा छ । 

 

चलचित्रको निर्माण पक्षले ‘यस्तो साथी’ बोलको गित सार्वजनिक गरेको हो । गीतमा अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका छन् । गीतको शब्द रचना खेम सारु मगरले गरेका हुन भने संगित पनि मगरकै रहेको छ ।चलचित्रमा समावेश गीत प्रेममय रहेको छ । यसअघि निर्माण पक्षले चलचित्रको पहिलो पोष्टर गत ७ गते सार्वजनिक गरेको थियो ।

चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ । योगिराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्रको योगेन्द्र प्रसाद पनेरु र राम खड्का,श्याम खड्काकोको सयुक्त लगानीमा निर्माण गरिएको हो ।

 

सुवास देवकोटाको सम्पादन रहेको यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ट’ ले चलचित्र बितरकको जिम्मा लिएका छन् । लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुँदैछ ।


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal