२०७६-१-७ , शनिबार


परमात्माको साथ 

हजरत मुहम्मद आफ्ना शिष्य अलीसँगै कतै जाँदै थिए । बाटोमा अलीका एकजना शत्रु फेला परे । अलीलाई देख्नासाथै उसले तथानाम गाली गर्न थाल्यो । अलीले शान्त भावसँग उसका गाली सुनिराखे । तर अन्ततः अलीको धैर्यको बाँध पनि फुट्न थाल्यो । त्यसपछि अली पनि उसैको स्तरमा उत्रिएर गालीको जवाफ गालीले दिन थाले । दुई  जनाको बाजाबाजको यो क्रमले अलीको आँखा राता हुन थाले, मन घृणाले भरिन थाल्यो र दिमागमा रिसको बादल मडारिन थाल्यो । 

 


अन्त्यमा आवेगमा आएपछि अलीको हात तलबारमा पुग्यो । त्यसपछि हजरत मुहम्मद अलीलाई छाडेर आफ्नो बाटो लागे । संकटको क्षणमा गुरुले साथ छाडेको देखेर चकित हुँदै अलीले हजरत मुहम्मदलाई सोधे गुरु † यो तपाईंको कस्तो व्यवहार, चेला संकटमा परेपछि साथ छाडेर हिंड्ने ? जवाफमा मुहम्मदले भने, प्रिय अली तिमीसँग बाझिराखेको तथा तिमीलाई मनपरी गाली गरिराखेको यो मानिस हिंस्रक र क्रुर भएको कुरामा कुनै शंका छैन ।

 

उसले गाली गरिरहँदासम्म जव तिमी शान्त थियौ र प्रेमपूर्ण कुरा गरिराखेका थियौ, त्यतिखेर तिम्रो रक्षा परमात्माका दूतले गरिरहेका थिए । प्रेम र क्षमाका कारण तिमी पनि त्यही मानिसको स्तरमा पुग्न थाल्यौ र तिम्रो आँखामा तव देवदूतले तिमीलाई छाडेर गए । त्यसैले गर्दा मैले पनि आफ्नो बाटो तताउन थालेको हँु । किनभने परमात्माले तिम्रो साथ छाडेका थिए ।
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal