२०७६-१-७ , शनिबार


नशामा धूत जड्याहाको यस्तो उपद्रो

टे«नमा यात्रा गरिरहेको एक जड्याहाले यात्रुलाई मात्र नभई टेनको चालकलाई समेत हैरान पारेको छ । घटनामो जर्मनीको शहर बर्लिनको । एउटा तीव्रगतिको टे«न जर्मनीको फ्रान्कफर्टबाट पेरिस गइरहेको थियो । यसै दौरान टे«नमा रहेको एकजना यात्रु आगो निभाउने फायर एक्सटीन्गुसर बोकेर ड्राइभरको क्याबिनतिर लाग्योे । उसले क्याबिनमा रहेको सीसा फुटाएर ड्राइभरलाई टे«न बिस्तारै चलाउन भन्योे । भएन त आपत्, तीव्र गतिको टे«नलाई विस्तारै चलाउन भनेपछि के होला ? 

 


यसै हर्कतका कारण टे«नलाई फ्रांकफर्टकै नजिक रोक्नु परेको थियो । हाइडवर्ग नाम गरेका ३० बर्षीय नशामा धूत् त्यस युवकलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले यस्ता घटनाले सबै यात्रुकै ज्यान खतरामा पर्न सक्ने भन्दै यसको गहन छानबिन गरिरहेको छ । ती युवकले सबै यात्रुको ज्यान रक्षा गर्नका लागि गाडी विस्तारै चलाउ भन्दै टे«नका चालकलाई थर्काएका थिए ।
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal