२०७६-१-७ , शनिबार


हाइकमाण्डको सन्देश पनि विप्लवले लत्याए 

काठमाडौं । पूर्वमाओवादी नेता अर्थात प्रतिवन्धित राजनीतिक समूह नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीति यात्रा कता अगाडि बढ्छ भन्ने अहिले निकै कौतुहलता र चासोको विषय बनेको छ । जनयुद्धको दोस्रो भाग सुरु हुन सक्ने त्रासले नागरिकमा वैचनी खडा गरेको छ ।

 

त्योभन्दा बढी चासो अन्तर्राष्ट्रिय समुदाय अमेरिकी र पश्चिमाहरू नेपालमा निरन्तर द्वन्द्व चाहन्छन् त्यस अर्थमा उनीहरूको साथ लिएर विप्लबको पार्टी छापामार युद्धमा त लाग्ने होइनन् भन्ने प्रश्न पनि उठेका छन् । साथमा अमेरिकाको चीन घेर्न इन्डोप्यासिफिक रणनीतिको भूमरीमा विप्लब परेका त छैनन् भन्ने प्रश्न पनि उठेको छ । तर, यो वीचमा प्रधानमन्त्री कार्यालय र नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले कतिसम्म प्रयास ग¥यो विप्लवलाई सहमतिमा ल्याउन भन्ने बुझ्न पनि आवश्यक छ । 

 


 नेकपा स्रोतका अनुसार, उच्चस्तरीय वार्ता समितिले विप्लवलाई मूलधारमा ल्याउने प्रयास त गरेको थियो तर त्यो प्रभावकारी र उपलब्धिमूलक भएन । विप्लवको सचिवालयका गुणराज लोहनीसंगमात्रै वार्तामा जोडिएको वार्ता समितिले गतिलो प्रयास नगरेको स्रोत बताउछ । त्यसलाई पनि विप्लवले आफ्ना कार्यकर्ता छुटाउने रणनीतिका रुपमा मात्रै लिए । नेकपाको उच्च स्रोतका अनुसार, प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डको तहबाट वार्ताका प्रयास भएको थियो । प्रचण्डले नेकपाका नेता मणि थापामार्फत अनौपचारिक वार्ता प्रसास गरेका थिए । त्यसको खास परिणाम आईसकेको थिएन । त्योभन्दा महत्वपूर्ण चाहिं विप्लबलाई पार्टी एकतामा आउन पनि सन्देश पु¥याइएको थियो । 

 


 स्रोतको दाबी अनुसार, पदीय जिम्मेवारीको हिसाबले प्रधानमन्त्री र पार्टी अध्यक्षबाहेक जनुसुकै पदमा सहमति गर्न सकिन्छ । त्यसैगरी, राजनीतिक विचारको हिसाबले पनि सहमति गर्न सकिने सन्देश दिएका थिए । संविधानमा उल्लेख समाजवादभन्दा पनि वैज्ञानिक समाजवादको कुरा विप्लवले गर्ने गरेका छन् । त्यसमा सत्तारुढ नेकपा सहमत देखिएको थियो ।

 

अर्थात् वैज्ञानिक समाजवाद पनि स्वीकार गर्ने र पार्टीमा महासचिवको जिम्मा पनि दिन सकिने सन्देश पु¥याएको भए पनि विप्लव सहमत नभएको नेकपा स्रोतको दाबी छ । यो प्रस्ताव खासमा निकै अगाडि नै विप्लव समक्ष पु¥याएको स्रँेतको दावी छ । मणि थापामार्फत वार्ताको प्रयास भन्दा पहिला नै हाइकमाण्डको एकताको सन्देश विप्लव समक्ष पुगेको भएतापनि थापासंगको छलफलमा यी कुरा नउठेको स्रँेत बताउछ । (साँघु साप्ताहिक, चैत ४)


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal