२०७६-१-७ , शनिबार


मन्त्रीका पूर्वपति  विप्लव माओवादीका नेता ओलीसंगै पक्राउ 

साँघुन्यूज डटकम

काठमाडौँ, ९ चैत : प्रहरीले  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश ओलीसहित नौ जना नेता कार्यकर्तालाई  चैत ९  गते  बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्ने नेताहरुमा माथिल्लै तहका महत्वपूर्ण नेताहरु रहेको थाहा भएको छ । 

 

खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभ्रे पलाञ्चोक र ललितपुरको सिमानाबाट बा १७  च ४८९३ नं को स्कारपियो गाडीमा ओलीसहितका नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेल स्रोतले जनाएको छ । उनीहरुलाई दुई जिल्लाको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च/अप्रेशन’का क्रममा पक्राउ गरेको हो । 

 

प्रहरी स्रोतका अनुसार ओलीसहितको टोली काभे्रपलाञ्चोकबाट बिहान ललितपुर हुँदै काठामाडौँ जाँदै थियो । गाडीमै रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने अन्यमा धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्का रहेका छन् । प्रहरी स्रोतका अनुसार ओलीले गत फागुन १० गते बेलुका ललितपुरको नक्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराउँदा एक जनाको मृत्यु तथा दुई जना घाइते भएको घटनाको जिम्मा लिएका छन् । 

 

पक्राउ पर्ने मध्ये एक जना चर्चित ३७ वर्षीय युवा नेता शंकर अधिकारी पनि रहेका छन्।  ती चर्चित युवानेताले २०६६ साल भदौमा  लभ म्यारिज गरेकी पत्नी   थिइन्  हालकी चर्चित बुहारी तथा खानेपानी मन्त्री बिना मगर।  चतुर विनाले हाइ प्रोफाइल रोज्ने र भबिष्य सुधार्ने ''निहीत उद्देस्य''ले तात्कालीन मा ओवादी पार्टीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाशसंग २०६९ साउनमा दोस्रो लभ म्यारिज गरेर तेस्रो औपचारिक पत्नी बन्न सफल भइन् ।  शंकर अधिकारीसंग  लभ म्यारिज गरेको तीन  वर्षमै  दोस्रो लभ म्यारिज फलिफाप भएपछि उनी सांसद, मन्त्री  बन्न सफल भइन् ।

(फोटो गुगल) 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal