२०७६-१-७ , शनिबार


सुरुङमार्गका नाममा ठग्नेलाई किन भएन कारवाही ?

श्रीमान सम्पादकज्यू, साँघु

 

 

नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडको संचालक समितिका पदाधिकारीहरूले मकवानपुरका स्थानीय बासिन्दाहरूका लागि हेटौंडा काठमाडौ सुरुङमार्गको  शेयर जारी गरे पश्चातको केही महिनापछि सर्वसाधारण नागरिकहरूका लागि शेयर जसरी भएपनि जारी गर्नुपर्ने हुन्छ । तर, आजसम्म नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडका संचालक समितिका पदाधिकारीहरूले सर्वसाधारण नागरिकहरूका लागि शेयर जारी किन गरेनन् ? यसले गर्दा नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको संचालक समितिका पदाधिकारीहरूको नियतमा नै खोट रहेको देखिन्छ ।

 


 स्थानीय नागरिकहरूको शेयर रकम ठगी गर्ने मनसाय देखियो । जनताका झुक्याउने, कम्पनीको लगानी डुवाउने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका संचालक समितिका पदाधिकारीहरूलाई विभिन्न दलहरूको नेतृत्वमा रहेको सरकार पक्षले आजसम्म कार्वाही किन गरेन ? पीडितहरूले प्रश्न गरेका छन् ।

 

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका संचालक समितिका पदाधिकारीहरूबाट माधवकुमार नेपालको नेतृत्वमा, झलनाथ खनालको नेतृत्वमा, बाबुराम भट्टराईको नेतृत्वमा, सुशील प्रसाद कोइरालाको नेतृत्वमा, शेरबहादुर देउवाको नेतृत्वमा, पुष्प कमल दाहालको नेतृत्वमा र के पी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार पक्षले के कति कारणले करोडौं हिनामिना गर्ने कम्पनीका संचालकहरूलाई कारवाहीको दायरामा नल्याउनुको रहस्य केहो ? नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडका संचालक समितिका पदाधिकारीहरूलाई कार्वाही गर्नका लागि कम्पनी रजिष्ट्रारको  कार्यालय, नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र बोर्ड र कार्वाही गर्ने सम्बन्धित निकायहरू चुपचाप र मौन किन बसेका छन् ?

 


नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड तथा चीनको पावर चाइना कम्पनीबीच काठमाडौैैं– कुलेखानी–हेटौंडा सुरुङमार्ग आयोजना निर्माण तथा संचालन व्यवस्थापनको निमित्त २०७५ साल साउन ९ गते संयुक्त विकास सम्झौता भएको छ भन्ने कुरा सुन्नमा आयो । 

 


यस्तै सूचना लगभग एक÷दुई वर्ष पहिले पनि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड तथा क्यानडियन कम्पनी बीच काठमाडौ– कुलेखानी–हेटौंडा सुरुङमार्गको सम्झौता भएको कुराहरू चर्चामा आएको थियो । यसप्रकार नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका कार्यसमितिका पदाधिकारीहरूले नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका शेयर धनीहरूलाई सुरुङमार्गको सम्झौता भएको छ भनी पटकपटक झुक्याउने कहिलेसम्म हो ? 

 


नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका कार्यसमितिका पदाधिकारीहरूले ६÷७ वर्षदेखि सुरुङमार्ग बनाउने नाममा शेयर धनीहरूलाई झुक्याउंदै आइरहेका छन् । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका कार्यसमितिका पदाधिकारीहरूलाई कार्वाही गरेर शेयर धनीहरूको करोडौंको शेयर लगानीलाई सुरक्षित साथ फिर्ता गर्ने कहिले ?

 


अहिले फेरि भवन भट्टलाई अध्यक्ष बनाइएको छ । ठग र माफियाहरूलाई सरकारको नै सहयोग रहेकोे देखिन्छ । नत्र लामोसमयसम्म जनताको आँखामा छारो हाल्ने, करोडौं रकम हिनामिना गर्ने सुरुङ्गमार्गका पदाधिकारीहरूलाई कार्वाही गर्न सरकार उदासीन छ ?

 


नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्ग कार्य समिति पदाधिकारीहरूले सर्वसाधारण र आम नागरिकहरूको शेयर लगानी ३१ करोड रकम दुरुपयोग गरेका छन् । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङ्गमार्गका ठगहरूलाई कारवाही गर्न राज्य उदासीन भएर बस्ने उचित छ त ? 

 


अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौं, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेलो सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय र अर्थ मन्त्रालयलाई  वि.सं. २०७३ साल चैत  १५ गते उजुरी दिंदा ३१ करोड रकम दुरुपयोग गर्ने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्गका सम्पूर्ण कार्यसमिति पदाधिकारीहरूलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट किन कारवाही भइरहेको छैन ?

 


नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्गमा आम नागरिकहरूले आफ्नो कष्ट र दुःख गरेर बगाएको रगत, पसिना र मिहिनेतको कमाइ काठमाण्डौं हेटौंडा सुरुङमार्गको शेयरमा लगानी रहेको मध्ये ३१ करोड रकम नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्गको कार्य समिति पदाधिकारीहरूले दुरुपयोग गरेका छन् ।

 

दुरुपयोग गरेको ३१ करोड रकम तात्कालीन अध्यक्ष कुशकुमार जोशीको कार्यसमितिका पदाधिकारीहरू, निवर्तमान अध्यक्ष भवन भट्टसहितको कार्यसमिति पदाधिकारीहरू र अध्यक्ष लालकृष्ण केसीसहितको कार्यसमिति पदाधिकारीहरू  ककसले दुरुपयोग गरेका हुन ? अख्तियार र राज्यस्तरबाट पनि कारवाही गरिनु पर्दछ । 

 


सर्वसाधारण र आम नागरिकहरूको काठमाण्डौं हेटौंडा सुरुङमार्गमा शेयर लगानी रहेको ३१ करोड रकम दुरुपयोग गर्नेहरूको सम्पत्ति र जायजेथाहरूबाट असुल गराई राज्यले काठमाण्डौं हेटौंडा सुरुङमार्ग निर्माण कार्यलाई यथाशीघ्र संचालन गराउनुपर्दछ भन्ने माग पीडितहरूको रहेको छ । 

 


नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्ग राज्य (सरकार)ले गर्दा ओझेलमा परेको छ । विकास निर्माणमा राज्यको पटक्कै चासो देखिंदैन ।

 


नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्गको लागि राज्यले नै अनुमति दिएको हो । आजसम्म काठमाण्डौं हेटौंडा सुरुङमार्ग निर्माण भइ सक्नुपर्ने हो । तर विडम्वना निर्माणको सुरु पनि भएन । यसमा राज्य (सरकार) नै दोषी र जिम्मेवार छ । काठमाण्डौं हेटौंडा सुरुङमार्ग निर्माणमा राज्यलाई चासो किन नभएको  ? यसको रहस्य के हो ? राज्य लाचार र निरही बन्न मिल्छ ? ३१ करोड रकम खुलेआम दुरुपयोग गर्ने ठगहरूलाई राज्यबाट छुट किन ?  

 


   मकवानपुरमा पनि घर भएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अरु विषयमा ठूलठूला गुड्डी हाँक्छन्, भाषण गर्छन् तर काठमाण्डौं हेटौंडा सुरुङमार्ग विकास निर्माणमा चासो र पटक्कै चासो दिंदैनन् किन ? मकवानपुरमा घर भएका, काँग्रेस पार्टीबाट राज्यमन्त्री बनेका इन्द्र बानियाले मकवानपुरमा पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर मकवानपुरवासीलाई दिवा सपना बाँडेका छन् ।

 

तर काठमाण्डौं हेटौंडा सुरुङमार्ग विकास निर्माणमा चासो दिदैनन् ?  मकवापनुरमा घर भएका नेपालको ऐन, नियम र कानून बनाउन गएका रामनारायण विडारीको काठमाण्डौं हेटौंडा विकास निर्माणमा चासो खोई ? यस्तै मकवानपुरमा घर भएका सांसद सुभाषचन्द ठकुरी बाहेक मकवानपुरका सांसद (सभासद)हरूको काठमाण्डौं हेटौंडा सुरुङमार्ग विकास निर्माणमा चासो खोई ? 

 


 यसकारण हाम्रो मुलुकमा रहेका अनुसन्धान, अनुगमन र छानबिन गर्ने निकायहरूले ऐन, नियम र कानून बमोजिम सर्वसाधारण र आम नागरिकहरूको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्गमा रहेको ३१ करोड रकम शेयर लगानीमा भ्रष्टाचार, पदको दुरुपयोग गर्नेहरूलाई यथाशीघ्र कारवाही गरिनुपर्दछ । सुरुङ्गमार्गका ठगहरूलाई कारवाही गर्न राज्य उदासीन बन्नु हुँदैन ।  

 

– राकेश कुमार शर्मा, जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं.–२, मोवाइल नं.: ९८४८०५५७७६, ९ ८१२४९१३९७
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal