२०७६-१-७ , शनिबार


साहित्य साधक पूर्व प्रधानमन्त्री चन्दको  अभिनन्दन

काठमाडौँ, ६ चैत (रासस) : शङ्कर लामिछाने प्रतिष्ठानले पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई २०७५ चैत ६ गत्ये  अभिनन्दन गरेको छ । 

 

विगत पाँच दशकदेखि साहित्य साधनामा विशेष योगदान गरेको भन्दै चन्दलाई प्रतिष्ठानले अभिनन्दन गरेको हो । निबन्धकार शङ्कर लामिछानेको ९२ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पूर्व प्रधानमन्त्री चन्दलाई अभिनन्दन गरेका हुन् । 

 

सो अवसरमा पूर्व प्रम चन्दले साहित्यले जनतामा जागरण ल्याउने उल्लेख गर्दै त्यसबाट समाजमा रहेको विकृति तथा विसङ्गती हटाउन सहयोगी हुने बताए  । उनले निबन्धकार लामिछानेका निबन्धमा मानिसको पीडा झल्केको हुन्छ भन्दै समाजमा भएका खराब कुरा त्याग्ने र असल कुरा ग्रहण गर्नुपर्ने विचार व्यक्त गरे  । 


नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले देवकोटाका निबन्ध अनुशरण गर्ने लामिछानेले निबन्धमार्फत जीवन हेर्ने नयाँ दृष्टि र चिन्तन प्रकट भएको पाइएको बताए  । 

 

वरिष्ठ निबन्धकार घनश्याम राजकर्णिकारले साहित्य तथा निबन्धबाट समाजमा सकारात्मक सञ्चार सम्प्रेषण गर्न साहित्यको महत्वपूर्ण भूमिका हुने बताए  । युवा निबन्धकार मोमिला जोशीले आफूलाई शङ्कर लामिछानेको निबन्धबाट साहित्य क्षेत्रमा आउन प्रेरणा मिलेको उल्लेख गरे  । 


कुलपति उप्रेतीले वरिष्ठ निबन्धकार राजकर्णिकारलाई शङ्कर लामिछाने निबन्ध पुरस्कार तथा जोशीलाई शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार वितरण गरे  । सो पुरस्कारको रकम क्रमशः रु ५० हजार र रु २५ हजार रहेको छ । 

 

सोही अवसरमा उप्रेतीले लामिछानको निबन्ध सङ्ग्रह एब्स्ट्राक्ट चिन्तन प्याज, कथा सङ्ग्रह गौँथलीको गुँड,निबन्ध सङ्ग्रह गोधुली संसार तथा विम्ब प्रतिविम्बको बिमोचन गरे  । 
––– 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal