२०७६-१-७ , शनिबार


नेपाली सेनाका दुई  महासेनानीलाई अवकास : पाँच महासेनानीको बढुवा सिफारिस   

साँघुन्यूज डटकम

काठमाडौं, २०७५ चैत ५ गते। गणतन्त्रपछिको  नेपाली सेनाको सकल दर्जाले  न्याय पाउन नसकेको,  सस्थागत भ्रष्टाचार बढेको प्रधानसेनापति निकटका बाहेक अन्यले अवसर र पदोन्नति पाउन नसकेको, बढुवा र सरुवामा नाताबाद कृपावाद हावी रहेको गुनासो बढिरहेको छ। नागरिक सरकारको प्रतिनिधि भनिने रक्षा मन्त्रालय जर्नेलहरुको अनियमित कामको साक्षि बन्ने गरेको 'शाही नेपाली सेना'को कालको  गुनासोमा आज पनि एक रत्ति कमी आउँन सकेको छैन भन्छन सेनाका पीडितहरु  ।

 

 व्यवसायिक, दक्षता,  क्षमता, योग्यता जति राम्रो भए पनि सेनाका वरिष्ठको  पंक्तिमा रहेका  अधिकृतहरुलाई  घरतिर खेदेर(अवकासमा पठाएर)  आफन्त र मनपरेकाहरुलाई पदोन्नतिको सिफारिस गर्ने मनलाग्दी परम्परा हिजो र  आजमा कुनै फरक नपरेको  पीडितहरु बताउछन।   


 भर्खरै पनि नेपाली सेनाका २ जना वरिष्ठ महासेनानी शेरसिंह बिष्ट र प्रकाश कार्कीलाई  अवकासमा  जान बाध्य पारेर  जुनियर पाँचजना  महासेनानीहरुलाई  सहायकरथीमा बढुवा सिफारिसको १५ दिने सार्वजनिक सूचना जारी भएको  छ ।  सैनिक स्रोतका अनुसार, नेपाली सेनाका बलाध्यक्षरथी शरद गिरीको अध्यक्षतामा बसेको बढुवा वोर्डको  वैठकले उनीहरुलाई सहायकरथीमा बढुवा सिफारिस गरेको हो । 

 

एक तारे जर्नेलका लागि  बढुवा सिफारिसमा पर्ने महासेनानीहरु  विष्णु रावत, सन्तोषवल्लभ पौडेल, पवनकुमार घिमिरे, चोकबहादुर ढकाल र पदमबहादुर सिंह रहेका छन् । 

 

सहायकरथीमा बढुवा सिफारिस भएका पौडेल र घिमिरे २७ वेसिकका सैनिक अधिकृत हुन् भने ढकाल, रावत र सिंह २८ वेसिकका सैनिक अधिकृत रहेको थाहा भएको छ । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal