२०७५-१२-११ , सोमबार


कैदीबन्दीसँग ७५ हजारघुस माग्ने शाखा अधिकृत पक्राउ

साँघुन्यूज डटकम संवाददाता


काठमाडौं, ३० फागुन : जिल्ला मकवानपुर कार्यालय, भीमफेदीका जेलर शाखा अधिकृत मदन अधिकारीविरुद्ध आरोपपत्र दायर भएको छ । 

 

भीमफेदीमा लागूऔषध मुद्दामा कैदी जीवन बिताइरहेकासँग रकम माग गरी रकम नदिएमा अन्यत्र सरुवा गरिदिने भनि डर धम्की देखाई घुस रकम मागेको आरोपमा शाखा अधिकृत अधिकारीलाई पक्राउ गरिएको हो । 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिएको टोलीले उनलाई रु ७५ हजार घुसबापतको रकम लिँदै गर्दा पक्राउ गरेको हो । उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।    
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal