२०७६-२-६ , सोमबार


विस्फोटमा संलग्न भएको आशंकामा विप्लव निकट नेकपाका २ कार्यकर्ता पक्राउ


चितवन, ३० फागुन : जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव निकट नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । 

 

चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बुधबार भरतपुर महानगरपालिका–५ मा भएको विष्फोटमा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिइएको बताए । विष्फोट लगत्तै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको थियो ।

 

प्रहरी उपरीक्षक राठौरका अनुसार पक्राउ परेकामध्ये सातलाई साधारण तारेखमा छोडिएको र अन्य तीनलाई थप अनुसन्धानका लागि राखिएको छ । आज थप दुई जना पक्राउ परेको उनले बताए । अनुसन्धान भइरहेकाले नाम गोप्य राखिएको छ । 

 

सिलिण्डर विष्फोटबाट भवन पूर्णरुपमा क्षति भएको थियो भने विष्फोटपछिको आगजनीले कागजपत्र पूरै जलेको प्रहरीले जनाएको छ । यस्तै विप्लव माओवादीले गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण जिल्लास्थित सम्पूर्ण व्यावसायिक प्रतिष्ठान, विद्यालय, बजार बन्द भएको छ । लामो दूरीका यातायात कम चलेका छन् । फाटफुट रुपमा छोटो दूरीका सवारी चलेका छन् ।

 

बन्दका क्रममा पूर्व पश्चिम राजमार्गमा सवारी रोकिएपछि प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यमा पुर्याउन थालेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले मकवानपुर, नवलपरासी, काठमाडौँबाट आएका सवारी र जिल्लाबाट बाहिरिने सवारीलाई स्कर्टिङ गरेको प्रहरी उपरीक्षक राठौरले बताए ।  

 

मकवानपुरबाट आएका सवारीलाई लोथरबाट, नवलपरासीबाट आएका गाडीलाई नारायणी पुलबाट र काठमाडौँबाट आएका सवारीलाई मौवा खोलाबाट प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यतर्फ पठाएको जानकारी दिएको छ । (रासस) 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal