२०७५-१२-११ , सोमबार


इलामको माइपोखरी बजारमा आगलागी


इलाम, ३० फागुन : इलामको सन्दकपुर गाउँपालिका–१ र ३ मा पर्ने माइपोखरी बजारमा आगलागी भएको छ । धार्मिक तथा पर्यटकीयस्थल माइपोखरी पस्ने गेट अगाडिका घरहरुमा आगलागी भएको हो । 

 

आज दिउँसो १ बजेबाट शुरु भएको आगलागीमा स्थानीय चक्र मुखिया र उनका भाइ कमल मुखियाको घर पूर्णरुपमा ध्वस्त भएको छ भने उनीसँगै जोडिएको निमादोर्जे शेर्पाको घरमा समेत आगलागी भएको ५ । नजिकै रहेको वनमा पनि आगलागी भइरहेको छ । स्थानीयवासीले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । 

 

सूचना प्राप्त हुनासाथ आगलागी नियन्त्रणका लागि इलाम नगरपालिकाले त्यसतर्फ दमकल पठाएको नगरपालिकका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए ।  इलामका सदरमुकामबाट दमकलसहित प्रहरी र नेपाली सेनालाई घटनास्थलतर्फ पठाइएको पनि उनले बताए । 

 

मुखियाको भान्छाघरबाट आगलागी शुरु भएको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal