२०७६-२-६ , सोमबार


किसान एग्रो केमिकल्सका मालिक छुटाउन सत्रलाख घुसमा डिल भयो !! 

साँघुन्यूज डटकम

वीरगञ्ज, ३०  फागुन । फागुन २८ गते वीरगञ्जको किसान एग्रो केमिकल्स प्रालिमा जिल्ला प्रशासन कार्यालय पर्साले छापा मारेको थियो  । सो प्रालिमा काम गर्ने एक लेखापालले उजुरी दिएपछि   छापा मारेको समाचार बाहिर आएको थियो  ।

 

किसान एग्रो केमिकल्स प्रालिले म्याद सकिएको औषधि पुनः म्याद थपी रिप्याकिङ्ग  गरेर  विक्री वितरण गर्ने गरेको उजुरी  जिल्ला प्रशासन कार्यालय पर्सामा परेको  आधारमा छापामारिएको दावी गरिएतापनि त्यही काम गर्ने र साहुसंग बार्गेनिङ्ग  गर्ने व्यक्तिकै सुराकीमा सो छापामारी भएको अंकुश दैनिकले समाचार दिएको थियो। 

पत्रकार श्रीराम रायमाझीका अनुसार, अहिले  किसान एग्रोको मालिकलाई छुटाउन १७  लाख घुस डिल भएको र  दुई  लाख पत्रकारलाई १५  लाख अन्यलाई  दिने सहमति गरेर बीरगंजका  पत्रकार अगुवाले रकम बुझेको पत्रकार रायमाझीले आफ्नो फेसबुक स्टाटसमा २०७५ फागुन ३० गते बिहान लेखेका छन्।   

समाचार अनुसार, वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ एक किटनासक औषधि  उत्पादन गर्ने उद्योगमा छापा मारेर सिलबन्दी गरिएको थियो  । नारायणी उपक्षेत्रीय अस्पतालको पछाडि   उद्योगमा रहेको किटनाशक औषधि  सो उद्योग वीरगञ्जका उद्योगपति श्याम कुमार तुल्स्यानले किटनाशक औषधि मगाएर रिप्याकिङ्ग  गर्ने तथा म्याद सकिएको औषधि  उत्पादनमा पुनः म्याद थपि रिप्याकिङ्ग गरेर  बजारमा विक्री वितरण गरेको फेला परेको थियो ।

 


जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेतले उद्योग संचालन ऐन अन्तरगत उद्योग सञ्चालन नगरेकोले स्थानीय प्रशासनमा परेको उजुरीको आधारमा छापा मारिएको बताएका थिए  ।


सो उद्योगले बालीनाली तथा खेतमा छर्ने गुणस्तरहिन किटनाशक औषधि उत्पादन गर्ने गरेको, बाहिरबाट किटनाशक औषधि  मगाएर रिप्याकि· गर्ने तथा म्याद सकिएको उत्पादनमा फेरि  म्याद थपि बजारमा विक्री वितरण गर्ने अपराध गरेको  समेत भेटिएको उनले बताइएको थियो  ।


कृषि ज्ञान केन्द्र पर्साका अधिकारी सनसुख हकले छापामारी टोलीमा वाणिज्य कार्यालय वीरगञ्ज, आन्तरिक राजस्व कार्यालय वीरगञ्ज, कृषि ज्ञान केन्द्र पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


उद्योगी श्याम तुल्स्यानले किसान एग्रो केमिकल्स प्रालि वीरगञ्ज २४ रामगढवामा सञ्चालित रहेको र एउटै नामबाट दुई वटा उद्योग सञ्चालन गरी राजश्व छली गरेर आर्थिक अपराध गरेको  भेटिएपछि प्रशासनले छापा मारेर  उद्योग सिलबन्दी गरेको थियो  ।


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal