२०७६-२-६ , सोमबार


आफूलाई कम्युनिष्ट भनाउने सरकारले कम्युनिष्ट समूहमाथि प्रतिबन्ध लगाउनु निन्दनीय : नेता वैद्य

साँघुन्यूज डटकम संवददाता

काठमाडौं, २९ फागुन : नेत्र विक्रम चन्द विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाए सँगै मिश्रित प्रतिक्रिया आउने क्रम जारी छ । कतिले यसलाई ठीक हो भनेका छन् भने कतिले आपत्तिजनक भनेका छन् । 

 

यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नेत्र विक्रम चन्द विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाउनु निन्दनीय भएको बताएको छ ।अध्यक्ष मोहन वैद्य किरणको अध्यक्षतामा बसेको बैठकको यो निर्णय सार्वजनिक गरेको छ ।

 

‘आफूलाई कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समूहमाथि गरिएको फासिवादी व्यवहार निन्दनीय छ, ’ क्रान्तिकारी माओवादीले भनेको छ ।

 

सरकारको निर्णयको कडा विरोध तथा भर्त्सना गर्दै क्रान्तिकारी माओवादीले राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै गर्नुपर्ने बताएको छ । साथै रोकी प्रतिबन्ध फिर्ता लिन पनि सरकारसँग माग गरेको छ ।

 

सरकारले मंगलबार साँझ मात्रै विप्लव समूहलाई अपराधिक ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal