२०७६-१-७ , शनिबार


रोनाल्डोको ह्याट्रिकको मद्दतले युभेन्टस् क्वाटरफाइनलमा

साँघुन्यूज डटकम संवाददाता


काठमाडौं, २९ फागुन : पोर्चुगलका स्ट्राइकरले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि हावी हुँदै ह्याट्रिक गरेका छन् । उनको ह्याट्रिकको मद्दतले युभेन्टस च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

 

प्रिक्वाटरफाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई ३-० ले पाखा लगाउँदै इटालियन क्लब युभेन्टस क्वाटरफाइनल प्रवेश गर्यो । योसँगै समग्रमा युभेन्टसले एट्लेकोमाथि ३-२ गोलअन्तरको नतिजा निकालेको हो । तर यसअघि भएको पहिलो लेगमा भने एट्लेटिकोले युभेन्टसलाई २-० गोलअन्तरले पराजित गरेको थियो । 

 

Image result for juventus vs atletico madrid

 

च्याम्पियन्स लिगमा आठौं पटक ह्याट्रिक गरेका रोनाल्डाले खेलको २७औं, ४९औं र ८६ औं मिनेटमा गोल गरेका हुन् । 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal