२०७५-१२-११ , सोमबार


चम्किलो र बलियो दाँतको लागि यी घरेलु उपाय अपनाउनुस् -

साँघुन्यूज डटकम संवददाता


काठमाडौं, २८ फागुन : सफा र चम्किलो दाँतले नै मानिसको सुन्दर र आकर्षक व्यक्तित्व झल्किन्छ । दाँतलाई सफा राख्नका लागि कतिपय मानिसहरु महंगा महंगा टूथ पेस्ट र ब्रशको प्रयोेग गर्ने गर्दछन् । 

 

तर महंगा पेस्ट र ब्रशले मात्र दाँत चम्किलो हुँदैन । यसका लागि केही घरेलु उपायहरु अपनाउन सकिन्छ । यसले तपाईंको दाँत चम्किलो मान नभई मजबुत पनि हुन्छ । 


स्याउ 

 

Related image

 

स्याउ त कयौं रोगका बिरामीको लागि फाइदाजनक हुन्छ । स्याउ दाँतको पहेँलोपन हटाउन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । स्याउलाई राम्ररी चपाएर खानाले मात्र पनि दाँतमा हुने ब्याक्टेरिया खत्तम हुन्छ । 

 

बेकिंग सोडा र कागती 

 

Image result for baking soda and lemon

दाँतलाई सफा राख्ने सबैभन्दा उत्तम भनेको बेकिंग पाउडर र कागती हो । यो दुईको मिश्रणले दाँतको पहेँलोपन हटाउन मद्दत गर्दछ । साथसाथै दाँतमा चमक पनि ल्याउने गर्दछ । 

 

नून र सर्स्यूंको तेल 

 

Image result for salt and sarson oil

 

पहिलेका मानिसहरु नून र सर्स्यूंको तेल प्रयोग गरेर दाँत माझ्ने गर्दथे । पहिलेका मानिसहरु पनि दाँत माझ्नका लागि यसको प्रयोग गर्दथे । यसले दाँत चम्किलो र मजबुत पनि हुन्छ ।  

 

स्ट्रबेरी 

 

Image result for strawberry


स्ट्रबेरीमा हुने इन्जाइममलिक एसिड भिटामिन सी दाँतको पहेँलोपना हटाउन मद्दत गर्दछ । हप्तामा दुई तीनपटक मात्र पनि स्ट्रबेरी प्रयोग गरेर दाँत माझ्ने हो भने दाँतमा चमक पुनः प्राप्त गर्न सकिन्छ । 

 

यसका अलावा तपाईंले दाँतको हेरचाह पनि राख्नुपर्ने हुन्छ । दिनमा कमसेकम दुईपटक दाँत माझ्नुपर्छ र दाँत माझ्ने उपयुक्त समय भनेको भोजनपछि नै हो । फ्लोराइडयुत्त मञ्जनको प्रयोग गर्नुहोस् र बढीमा ३ मिनेट ब्रश गर्नुपर्दछ । 

 

यदि दाँत सम्बन्धी गम्भीर समस्या देखियो भने दन्त विशेषज्ञको सल्लाह र राय लिनु उचित हुन्छ । (एजेन्सी)


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal