२०७५-१२-११ , सोमबार


धारिलो हतियार प्रयोग गरी साँढे घाइते बनाउनेविरुद्ध मुद्दा


गौशाला, २८ फागुन : महोत्तरी जिल्लामा साँढेलाई धारिलो हतियार प्रयोग गरी काटेको अभियोगमा पहिलो पटक प्रहरीले एक जनामाथि मुद्दा चलाएको छ । 

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बस्ने इन्दल महरा चमारले धारिलो हतियार प्रयोग गरी साँढेको तीन खुट्टा काटेर घाइते बनाएको अभियोगमा उनलाई प्रक्राउ गरी उनीमाथि अङ्गभङ्ग मुद्दा चलाइएको हो । 

 

प्रहरीका अनुसार महोत्तरीमा यो पहिलो घटना हो । पशुलाई क्षति पुर्याएको आरोपमा कुनै मानिसमाथि अङ्गभङ्ग मुद्दा चलाइएको हो । इन्दल महरा चमारले आफ्नो घरमा पालेका गाई, वस्तुका लागि काटेर राखेको घाँस घरमा पसेर साँढेले खाइदिएपछि रिसको झोकमा धारिलो हतियार लिएर साँढेको तीन खुट्टामा काटेर गहिरो घाउ बनाएका हुन् ।  

 

चमारले काटेर घाइते बनाएको साँढेको अवस्था नाजुक रहेको छ भने स्थानीय प्रशासनले सो साँढेको उपचार पशु स्वास्थ्य सेवा कार्यालय जलेश्वरमा गराएको छ । (रासस)


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal