२०७५-१२-११ , सोमबार


'बाहुबली' सिरिजकी शिवगामी 'पोर्न स्टार' को भूमिकामा

साँघुन्यूज डटकम संवाददाता


काठमाडौं, २८ फागुन : फिल्म 'बाहुबली' र 'बाहुबली-२' मा बाहुबलीकी आमा शिवगामी देवीको शानदार र दमदार भूमिका निभाउने अभिनेत्री राम्या कृष्णननलाई आज बच्चा-बच्चा जान्दछन् । 

 

'बाहुबली' सिरिजबाट न केवल लिड एक्टर्स प्रभास, राना दग्गुबत्ति र अनुष्का शेट्टीमात्र विश्वभर चर्चित भएनन्, सपोर्टिंग एक्टर्सहरु सत्याराज र राम्या कृष्णनन पनि निकै चर्चामा आए । 

 

'बाहुबली' सिरिजमा आमाको भूमिका निभाएकी अभिनेत्री राम्या कृष्णनन अब भने निकै फरक खालको भूमिकामा देखिने भएकी छिन् । उनले आफ्नो आउन लागेको फिल्ममा 'पोर्न स्टार' को भूमिका निभाउँदै छिन् । तमिल भाषामा बनेको फिल्मको नाम 'सुपर डिलक्स' हो, जसलाई त्यागराजन कुमारराजले निर्देशन गर्दैछन् । 

 

Related image

 

जब यो फिल्मको ट्रेलर अनलाइन रिलिज भयो, तब यो फिल्मको धेरै चर्चा भइरहेको छ । राम्याले यो फिल्ममा लीला नामकी अधबैंसे महिलाको भूमिका निभाएकी छिन्, जो देह व्यापारको काम गर्छिन् । 

 

आफ्नो भूमिकालाई लिएर एक अन्तवार्तामा राम्याले यो भूमिकाको लागि निकै मुश्किलको सामना गर्नुपरेको बताएकी छिन् । '' 'सुपर डिलक्स' एक्टर्सभन्दा धेरै कन्टेटयुक्त फिल्म हो,'' उनले भनिन् । फिल्मको शुटिङको दौरान डायरेक्टरले राम्याको एक सीनका लागि कयौंपटक रिटेक लिएका थिए । 

 

राम्याले 'सुपर डिलक्स' आफ्नो प्यासनको लागि गरेको बताएकी छिन् । यो फिल्म आगमी मार्च २९ मा रिलिज हुँदै छ । यो फिल्ममा राम्याका अलावा विजय सेथुपाथी, समन्ता, पहाद फसिल र मास्किन लिड रोलमा देखिने छन् । (एजेन्सी)  
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal