२०७६-२-६ , सोमबार


घरमै सामाजिक सुरक्षा भत्ता पाएपछि ज्येष्ठ नागरिक दंग


खस्यौली, २८ फागुन : बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । 

 

बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको हो । वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीया सेतीलक्ष्मी श्रेष्ठको घरमै पुगरे चार महिनाको रु आठ हजार बराबरको सुरक्षा भत्ता हस्तान्तरण गरे ।  

 

घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा वडाका ज्येष्ठ नागरिक निकै खुशी भएका थिए । “वडाध्यक्षले घरमै आएर सामाजिक सुरक्षा भत्ता दिनुभयो, मलाई निकै खुशी लाग्यो”, वडा नं १ का ज्येष्ठ नागरिक जुलेखा खातुनले भने ।  खातुनजस्तै चन्द्रमान शाक्य, पूर्णमान श्रेष्ठ, लोकबहादुर रणपाल, श्रीराम अग्रहरिसहित २७ जनालाई उनीहरुकै घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको वडाध्यक्ष लिगलले जानकारी दिए ।  

 

त्यस अवसरमा जनप्रतिनिधि, वडाध्यक्ष लिगलसहित मदनकुमार श्रेष्ठ, सतिष कषौधन, विष्णु नेपाली, वडासचिव गोकुल ज्ञवाली र सामाजिक परिचालिका विमला राजभण्डारी लगायतले ज्येष्ठ नागरिकको घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेका थिए । यो वडामा हाल २ सय ३८ ले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । लट्ठी टेकेर सामाजिक सुरक्षा भत्ता बुझ्न जानुपर्ने बाध्यतालाई जनप्रतिनिधि आएपछि सजिलो बनाइदिएको ज्येष्ठ नागरिक शीतल गुभाजुले भने, “हामीलाई घरमै सरकार आएजस्तो भयो ।” 

 

बुटवल उपमहानगरपालिकाले नगरका सबै १९ वटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । (रासस) 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal