२०७६-२-६ , सोमबार


सभामुख महरा कमरेडको नयाँ काम !

श्रीमान सम्पादकज्यू

२०६३ सालपछि निरन्तर राजनीतिक लाभको पदमा रहेका कृष्णबहादुर महरा अहिले सभामुख बनेका छन् । सभामुख लाभको पद रहेपनि क्रियाशीलताको कमीका कारण उनी अहिले मिडियाका व्यवस्थापक जस्ता भएका छन् । 


जेठा छोरा निर्मल महरा एटमलाई उनले राजनीतिक कर्मका साथै ठेक्कापट्टा, एनजीओ÷आईएनजीओ, कर्मचारीको सरुवा बढुवा आदि बिचौलिया काममा सक्रिय बनाएका छन् । 


कान्छो छोरा राहुललाई भने राजनीतिका साथै मिडिया सञ्चालक बनाएका छन् । हो, उनले अहिले तिनैको मिडियाका लागि विज्ञापन मागिदिने काम गरिरहेका छन् । ठूला होटलका साथै विभिन्न व्यवसायीलाई ‘मेरा आफन्तले चलाएको मिडियाका लागि विज्ञापन दिएर सहयोग गरिदिनु प¥यो’ भनेर उनले सीधा सीधा भनिरहेका छन् । 


सभामुख महरा अहिले ‘रातोपाटी’ अनलाइनसंग धेरै नै रिसाएका छन् । उनले आफ्ना निकट पत्रकारहरूसँग रातोपाटीसहित आफ्ना निकटका पार्टीका नेता तथा कार्यकर्ताले चलाएका मिडियाले अराजकता मच्चाएको र आफ्नाविरुद्ध खनिएको गुनासो गर्ने गरेका छन् । 


मलेसियामा रहेर हुण्डी व्यापार गर्दै आएका रमेश तिवारीका टिमलाई अगाडि सारेर आफ्नो पक्षमा मिडिया चलाउन खोज्दा असफल भएका महराले कान्छो छोरालाई नै अगाडि सारेर चलाएपछि यसलाई टिकाउन विज्ञापन माग्दै फोन गर्न थालेका छन् । 


पूर्व माओवादी निकट पत्रकारहरूले विज्ञापन माग्न जाँदा व्यवसायीहरूले सभामुख नै मिडियालाई विज्ञापन माग्न थालेकाले कतिलाई मात्र दिने र किन दिने भन्दै झर्किदै फर्काउन थालेपछि पत्रकारिता नै गरेर हिजो माओवादी आन्दोलनमा जोडिएका क्रियाशील अगुवा पत्रकारहरूले दीनानाथ शर्मालाई जस्तै कृष्णबहादुर महरालाई पनि माओवादी मिडियामा विस्थापित गर्नुपर्ने छलफल गरिरहेका छन् । 


स्वतन्त्ररुपमा मिडिया चलाउनु सबैको अधिकारको कुरा हो । तर, आम जनतामा बेजोड स्थापित रातोपाटीको विरोध गर्दै अर्काे मिडिया स्थापित गर्छु भन्दा रातोपाटी त अब अगाडि बढिरहला, त्यो चाहिं ध्वस्त हुन्छ ।                                                            –वीवी कमरेड, प्रेस सेन्टर 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal