२०७६-२-६ , सोमबार


अर्थात जेमन्त : शरदराज गौतम

लुटेरा श्रीपेच उपाधि पाएको नेकपा विप्लव समूहलाई लिएर
कुनै ताका पक्का माक्र्सवादी चिन्तक विद्यावारिधिधारक डा. बाबुराम भट्टराईले
गएको साता सदनमा एउटा इमोशनल अभिव्यक्ति दिए ।
मुलुकभरि जागेका भर्भराउँदा युवाहरूलाई लिएर ।
माक्र्सवाद र अझै पछिल्ला चरणमा माओवादलाई मानक बनाएर
राजनैतिक परिणामहरू खोज्दा इतिहासमा जहिल्यै भड्काव मात्रै भेटिएको छ ।
योे पुस्तकालयको किशोर वयका स्वैरकल्पनाको अध्ययनको विषय हुन सक्छ ।
तर, मानवीय जीवनको प्राकृतिक जीवन शैली हुनै सक्तैन ।
यति कुरा इतिहासको दोटा पुस्तक पढ्ने तर्क मन पराउने जुनसुकै विद्यार्थीले बुझ्दछन ।
तर, यति कुरा बुझ्न डा. बाबुराम भट्टराईलाई लगभग पचास वर्ष लागेको छ ।
वा हुन सकोस,
बुझिसकेका बाबुरामले बौद्धिक पहिचानको बर्कोमा पचास वर्षे ढाँट जिन्दगी बिताउनु भयो ।
कम्युनिष्ट हुनु भनेको लठुवा हुनु बाहेक अर्थोक हुँदै होइन भन्ने बुझ्न डा. भट्टराई 
संसदमा यतिखेर संवेगपूर्ण हुनुहुन्छ, इमोसनल ।
म जनयुद्धमा उनको भूमिकालाई लिएर आलोचना पनि गर्दिन ।
दण्डित गर्नेकुरा त परै जावस ।
त्यो एउटा इतिहासको अङ्क मेटिएको कोसे ढुंगा हो ।
म यतिखेर अड्किएको कहाँनेर हो भने
माओवादीको ४० सूत्रीय माँग लेख्ने ‘राइटर बाजे’ले
आफ्नो माँगको पहिलो नम्बरमा सन १९५० को सन्धि खारेज गर्ने कुरा किन राखे । 
आज सारा जनयुद्ध पछिल्तिरको उत्तर त्यसैमा भेट्न सकिन्छ ।
मूलतः बाबुराम भट्टराईको इमोसनल चिन्ता भर्भराउँदा युवाहरू भएको बुझन गाह्रो छैन ।
कलिलो उमेरमा काँधमा बन्दुक बोकेर हिंड्ने रोमाञ्चमा बेग्लै आनन्द हुन्छ ।
न भोक, न चिन्ता केवल आक्रमण र आक्रमण र शहीद हुने सिर्कनो सपना ।
भर्भराउँदा युवाहरूको यो अन्धो उन्माद
देशमा भित्रिएको खुल्ला प्रजातन्त्र र अर्थतन्त्रबीचको ¥याड्ड ठ्याड्ड बिग्रेको परिणाम थियो ।
त्यसको सिड्डो दोष कुनै अमुक व्यक्ति वा संस्थालाई जानै सक्तैन ।
न त समाजवाद उन्मुख संवैधानिक प्रावधानलाई नै ।
यो ठूलो आकारमा गरिएको भेदन साजिस थियो, बरु ।
जसलाई यतिखेर केपी सरले पनि व्यवस्थापन गर्न चुक्नु भएको छ ।
भर्भराउँदा युवाहरूको अन्ध उन्मादलाई कुनै ताका  चिया कपको तुफान भनेर गिरिजाले 
आफ्नो राजनैतिक जीवनमा बहुदलीय व्यवस्थाको पुनरस्थापनाको तीस वर्षे संघर्ष साटेका 
थिए ।
जे धान्न सकिदैन, त्यसैको परीक्षणस्थल बनाइएको छ, मुलुक ।
राइटर बाजे  बाबुराम भट्टराईको जीवनमा आएको गुणात्मक अन्तरविरोधहरू
विप्लव समूहका एसएलआर भिडेका प्लाटुन कमाण्डरलाई छिन्न दिइयो भने
बाबुराम भट्टराई पनि मुक्ति अधिकारी झै रुखमा झुण्डिएका भेटिनेछन् ।
खासमा मुलुकमा आउने जनवादमा यसै गरिन्छ ।
बाबुराम भट्टराईले दण्ड बेहोर्न तयार छु भनेको बुझाई पनि त्यहीँ छ ।
सिल्लि व्यवहार नदेखाएर मुलुकमा जनवाद आउने कुरा पनि भएन ।
हतियार उठाएर शुरु भएको जनयुद्धको उकास
कम्तिमा बाबुराम भट्टराईको नातिनी पुस्तासम्म बेहोरिनु पर्दछ ।
त्यसको सजिलो समाधान हुनै सक्तैन ।
विप्लव समूह माओवादी जनयुद्धको उकास हो ।
र, यस्तो उकास अझै कयौं पुस्तासम्म जान्छ, त्यो निश्चित छ ।
लुटेरा भनेर ठट्यौली गर्नै पर्दैन ।
गिरिजाको नियतिमा धकेलिंदैछन् केपी
मलामीको लर्को ।

 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal