२०७६-२-६ , सोमबार


'जाइरा' मा नम्रता मार्शल आर्ट खेलाडी

साँघुन्यूज डटकम संवददाता


काठमाडौं, २७ फागुन : आगामी भदौ ६ गते प्रदर्शन मिति तोकिएको फिल्म 'जाइरा' मा अभिनेत्री नम्रता श्रेष्ठ मार्शल आर्ट खेलाडीको देखिने भएकी छिन् । 

 

एक महिलाले कसरी प्रतिशोध लिन्छे भन्ने कथामा बन्ने फिल्ममा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठसहित केही नवकलाकारहरुलाई पनि देख्न पाइनेछ । यो फिल्मका लागि नम्रताले कपाल छोट्याउनुका साथै आफ्नो तौल पनि घटाएकी छिन् । 

 

आशुतोष श्रेष्ठले निर्देशन गरेको फिल्म कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्ससेटर्स प्रा.लि.को प्रस्तुतिमा बन्न लागेको हो । लोकश बज्राचार्यले सम्पादन गर्ने फिल्मलाई कल्याण सिंहले छायाँकन गर्नेछन् । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal