२०७६-२-६ , सोमबार


प्रज्ञा–प्रतिष्ठानले ‘बालप्रज्ञा’ प्रकाशित गर्ने

साँघुन्यूज डटकम

काठमाडौँ, २७ फागुन २०७५ । नेपाल प्रज्ञा–प्रतिष्ठानले बालसाहित्य सम्बन्धी पत्रिका प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको इतिहासमै पहिलो पटक ‘बालप्रज्ञा’ नामक अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशन गरिने भएको हो ।  

 

प्राज्ञ परिषद्को बैठकको निर्णयअनुसार साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको संयोजनमा नयाँ वर्ष २०७६ वैशाखबाट ‘बालप्रज्ञा’ प्रकाशन हुने विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालले बताए ।


प्राज्ञ डा. नेपालका अनुसार अर्धवार्षिक बालपत्रिका ‘बालप्रज्ञा’को पहिलो अङ्कमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक एवम् प्रधानमन्त्री, संरक्षक संस्कृति मन्त्री र कुलपतिको विशेष शुभकामनाका साथै राष्ट्रकवि माधव घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, बैरागी काइँला, मदनमणि दीक्षित, वासुदेव त्रिपाठी, चूडामणि बन्धु, शान्तदास मानन्धर, दुर्गालाल श्रेष्ठ, शैलेन्दुप्रकाश नेपाल आदिका संक्षिप्त शुभकामनाहरू राखिने छ । 


रङ्गीन कलेवरमा प्रकाशित हुने ‘बालप्रज्ञा’मा बालकविता, बालकथा, बालोपयोगी जीवनी, निबन्ध, प्रबन्ध, नियात्रा, बालनाटक र एकाङ्की, बालसमीक्षा, विधागत सिद्धान्त र विविध सामग्रीहरू समावेश गरिने प्रधान सम्पादक प्राज्ञ डा. नेपालले बताए ।

 

पत्रिकाको सम्पादक समूहमा नवराज रिजाल, गोपीकृष्ण ढुङ्गाना, देवु लुईंटेल र कार्यकारी सम्पादकमा डा. ध्रुव घिमिरे रहनेछन् । 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal