२०७५-१२-११ , सोमबार


महाराजगंज बसुन्धरा टोलमा ठूलो बिस्फोट : ठूलो मानबीय क्षतिको आशंका  (समाचार अपडेटसहित)

साँघुन्यूज डटकम

काठमाडौं, फागुन २४ । केहीबेर अघि मात्र  महाराजगंजस्थित सुकुम्बासी टोलमा ठूलो बिस्फोट भएको खबर छ। मानिसहरुको भिडले गर्दा के भएको  हो र  ? उद्दार गर्नका लागि प्रहरी प्रवेस गर्न समेत मुस्किल परिरहेको खबर छ। स्थानीया स्रोतका अनुसार, निकै ठूलो मानबिय क्षति भएको अनुमान गरिएको छ। 


वरपरबाट आगोको मुस्लो दन्किरहेको देखिन्छ।   कसैले ग्यास सिलिन्डर पड्केको भनेका छन्।  कसैले बम पड्किएको भनेका छन्।  तर, औपचारिक रुपमा केही थाहा हुन्  सकेको छैन।  

 

स्थानीयहरुका अनुसार, अहिले दमकलले आगो निभाउदै छ।   अबस्था नियन्त्रण बाहिर रहेको, मोटरभित्र बम पड्किएको पनि भनिदैछ।  तर, खबरको पुस्टि हुनसकेको छन्।  स्रोतका अनुसार, म्यानपावर कम्पनीमा पार्किङ्ग गरिराखेको कार बिस्फोट भएर दुई तलको घर जलेर नष्ट भएको छिमेकीहरु बताउछन।   

 

बिस्फोट भएको स्थान , बसुन्धरा रहेको छ।  बिस्फोट भएको स्थान अहिले प्रहरीले आफ्नो नियन्त्रणमा लिएर अनुसंधान गर्दैछ। मानवीय क्षतिको पुस्टि हुन सकेको छैन।   बिस्फोट भएको घर बैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङ रहेको बताइएको छ।  यसको पनि औपचारिक पुस्टि हुन् सकेको छैन।  


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal