२०७५-१२-११ , सोमबार


सीके राउत र सरकारबीचको सम्झौता रहस्यमय : भीम रावल 

साँघुन्यूज डटकम सम्बाददाता

काठमाडौं, फागुन २४ । पृथकतावादी आन्दोलन चलाउँदै आएका सीके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौतालाई लिएर लिएर प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै असन्तुष्टि देखिएको छ । 


सरकारले राउतसँगको सहमतिलाई ठूलो उपलब्धिका रुपमा व्याख्या गर्दै तामझामपूर्ण प्रचारबाजी गरे पनि नेकपाकै नेताहरुले यसमा समेटिएका विषय र भाषाप्रति असन्तुष्टि जनाएका छन् । केहीले यसमा मुख नै खोलेर विरोध थालेका छन् । 


नेकपाका प्रभावशाली नेता भीम रावलले सरकार–राउतबीच भएको ११ बुँदे सहमतिपत्रका भाषा र विषयमा गम्भीर प्रश्न उठाएका छन् । सरकार र राउतबीच भएका सम्झौता कुनै राजनीतिक समूहसँग गरेजस्तो नभएर दुई देशबीचको जस्तो भएको भन्दै उनले असन्तुष्टि जाहेर गरेका छन् । 

 

 पृथकतावादी धाराको मुख्यमा सम्झौता मौन देखिएको भन्दै रावलले यसलाई रहस्मय भएको टिप्पणी गरेका छन् । 

 

‘सरकार र सीके राउतबीच भएको सम्झौता दुई देशबीच भएको सम्झौताको भाषामा किन गरियो’, सरकार–राउत सम्झौताप्रति प्रश्न उठाउँदै रावलले ट्वीट गरेका छन्, ‘देश टुक्र्याउने घोषणाका सामग्रीहरु कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कहीं  पनि देश टुक्र्याउने भनी गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनी नभनिनुको रहस्य खोजौं ।’ 


नेकपा स्रोतका अनुसार, छापामार शैलीमा भएको सरकार–राउत सम्झौताप्रति नेकपाको सचिवालयमै मतान्तर देखिएको छ । नेताहरुले प्रक्रिया र समयदेखि त्यसमा प्रयोग गरिएका भाषामा असन्तुष्टि जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal