२०७६-२-६ , सोमबार


पीडामा परेका पाइलटको ‘अदभूत’ कला !

जोकोहीलाई पनि पाइलट भन्ने बित्तिकै आकर्षक पेशा लाग्दछ । देश विदेश घुम्ने र आकर्षक रोजगारीको हिस्सा बन्ने जसलाई पनि रहर हुन्छ नै । तर, अस्टे«लियाको एउटा हवाई परीक्षण उडानमा लगातार तीनघण्टा आकाशमा रहेपछि एकजना पाइलट यति उदास बने कि उनले लेखे ‘म बोर भएँ’ । यो लेखाई कागजमा नभएर अद्भूत थियो । उनले जहाज उडाएर ‘आई एम बोरड’ को ट्रयाक बनाउन सफल भए । 

 


अस्टे«लियाको फ्लाइट टे«निङ एडिलेटले गरेको परीक्षण उडानका क्रममा डाइमण्ड स्टार प्लेन ३ घण्टासम्म हावामा उड्नुपर्ने थियो । जहाज उडाइरहेका पाइलटले २ घण्टा हावामा उडान भरेपछि अल्छी(बोरिङ) महसुस गर्न थाले । अन्ततः उनले आफ्नो बेदना पोखिहाले । वास्तवमा उनी एकजना प्रशिक्षित फ्लाइट इन्स्ट्रक्टर थिए र नयाँ विमानको इन्जिन जाँच गर्नका लागि ३ घण्टा जहाज उडाउनुपर्ने थियो । यसै क्रममा उनले आफ्नो यस्तो अद्भूत कला देखाएका थिए । 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal