२०७५-१२-११ , सोमबार


एकताको उपाय 

राम ठाकुर स्वामी रामकृष्ण परमहंसभन्दा पनि अघिल्लो पिंढीका प्रख्यात सन्त थिए । उनका एकजना शिष्य कलकत्ता हाइकोर्टका पेरिष्टर थिए । ती वेरिष्टर छ जना दाजुभाइका सवभन्दा जेठा थिए । एकपटक उनी दाजुभाइमा भएको आपसी कलहबाट हैरान भए र एकदिन उनी स्वामी रामठाकुरसमक्ष आएर आफ्नो समस्या बताए अनि दाजुभाइबीचको कलह समाप्त पार्ने उपाय बताइदिन स्वामी रामठाकुरसँग आग्रह गरे । राम ठाकुर आफ्नो शिष्यको कुरा सुनेर एकछिन मौन बसेर भने–तिमीले दुर्योधनको नाम सुनकै होलाऊ सय जना दाजुभाइमा सवभन्दा जेठो थियो ।

 

महाभारतमा उसलाई खलनायकको रुपमा प्रस्तुत गरिएको छ । तर महाभारत अद्योपान्त पढ्दा पनि कहीँ एक लाइन पनि पाउन सकिंदैन कि दुर्योधनको आफ्ना भाइहरूसँग कलह थियो भनेर । जव दुर्योधनजस्तो अधर्मी मानिसले समेत आफ्ना सयजना दाजुभाइमा प्रेमभाव कायम गराइराख्न सक्दछ भने तिमीजस्तो विद्वान तथा धर्मात्मा मानिसले छ जना दाजुभाइलाई मिलाएर किन राख्न सक्दैनौं ? त्यसो हो भने तिमीजस्ता धर्मात्माभन्दा दुर्योधनजस्तो अधर्मी व्यक्ति नै ठीक हो । स्वामीले भनेको कुरा वेरिष्टरको दिमागमा छर्लड्ड भयो र अर्को पटक उनी स्वामीलाई भेट्न आउँदा उनको अनुहारमा उल्लास र सन्तोषको स्पष्ट संकेत देखिन्थ्यो ।
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal