२०७६-२-६ , सोमबार


श्री ५ ज्ञानेन्द्र शाहको पालामा राजसंस्था अन्त्य हुनुका १२ कारणहरु

श्रीमान सम्पादकज्यू    
साँघु साप्ताहिक     


१.     पूर्व राजा श्री ५ ज्ञानेन्द्र शाहले को आफ्ना हुन् र को पराया हुन् भन्ने नागरिकहरुको सही पहिचान गर्न सक्नु पर्दथ्यो । यस्तो संवेदनशील विषयमा राजा स्वयं चनाखो हुनु पर्दथ्यो ।


 
२.     सही र साँचो कुराहरु राख्न, बोल्न सक्ने र खुबी भएका पूर्वराजा श्री ५ ज्ञानेन्द्र शाहका शुभ चिन्तकहरुलाई अवसरवादी सल्लाहकार र मध्यस्थकर्ताहरुले भेट नै नगराउने परम्परा ।

 

३.     निजी सचिव सागर प्रसाद तिमिल्सिना जस्ता अवसरवादी मध्यस्थकर्ता र सल्लाहकारहरुको कारणले राजसंस्था गएको हो । 

 

४.     अवसरवादी मध्यस्थकर्ता (सचिव) र सल्लाहकारहरुलाई को को आम नागरिकहरु आफ्ना हुन् र आफ्ना पक्षमा बोल्छन् तथा खाँटि राजा पक्षधर को को हुन भन्ने पनि थाहा हुन्छ त्यसकारण मध्यस्थकर्ता र सल्लाहकारहरुले आफ्ना पक्षका (सपोर्टर) हरुलाई मात्र भेट गराउँदछन् । 

 

५.     श्री ५ ज्ञानेन्द्र शाहका वास्तविक शुभचिन्तक वफादारहरुले मध्यस्थकर्ता र सल्लाहकारहरुको पोल खोलि देलान्, राजदरबारबाट खाइपिइ आएको सुविधा, मोजमस्ती आदि आदि जस्ता कार्यहरुमा मध्यस्थकर्ताहरुले प्रश्न चिन्ह खडा गर्छन भनेर नै भेट नगराउने प्रथा ।

 

६.     मध्यस्थकर्ता र सल्लाहकारहरुको सोच आम नागरिकहरुले आफ्नो सधँैभरि चाकडी, गुलामी गरिरहोस् भन्ने उद्देश्यले चाकडी र गुलामी नगर्नेहरुलाई भेटघाट नगराउने पन्छाउने रुढीवादी परम्परा रहेको । 

 

७.     कतिपय मध्यस्थकर्ता र सल्लाहकारहरु राम्रा पनि होलान् तर फटाइ“ र धुत्र्याँई गर्ने अवसरवादीहरुको सामुन्ने सज्जनहरुको केही जोड (सीप) चल्दैन । ओझेल र अल्पमतमा पर्छन् । 

 

८.     पूर्वराजा ज्ञानेन्द्र शाहका केही मध्यस्थकर्ता र सल्लाहकारहरु दोहोरो चरित्र भएका ताक परे तिवारी नत्र गोतामे जस्ता अवसरवादीहरुले राजालाई फसाउनु ।

 

९.     अप्रजातान्त्रिक कदम चालेर एक्कासी शासन सत्ताको कार्यभार आफ्नो हातमा लिनु र नेपाल राष्ट्र नै चाहिँदैन भन्ने तुलसी गिरीलाई सल्लाहकारको रुपमा ल्याउनु ।

 

१०.     राजा स्वयंलाई अवसरवादीहरुले अध्यक्ष बन्न लगाउनु । 

 

११.     ज्ञानेन्द्र शाह अवसरवादी मध्यस्थकर्ता र सल्लाहकारहरु भरमा मात्र विश्वस्त हुनु हुँदैनथ्यो । बेला मौकामा राष्ट्रको गतिविधि तथा आम नागरिकहरुको चाहना र मागलाई बुझ्नु पर्दथ्यो । केही आफ्नो जिद्दी र हठका कारण पनि सत्ताबाट हात धुनु परेको हो । 

 

१२.     एक्काइसौँ शताब्दीमा पूर्वराजा ज्ञानेन्द्र शाहको देश दौडाहा वा मन्दिर दर्शन वा उद्घाटनमा जनमानसको भिड, माओवादीका प्रचण्डको देश दौडाहा, आमसभामा जनमानसको भिड, नेकपा एमाले माधवकुमार नेपालको आमसभामा जनमानसको भिड, काँग्रसको सुशीलप्रसाद कोइरालाको आमसभामा जनमानसको भिड तर ती नागरिकहरु राजाका हुन् कि ? माओवादीका हुन् कि ? एमालेका हुन् कि ? काँग्रेसका हुन् कि ?  कसका हुन् भन्ने केही थाहा हुँदैन ।

 

भन्न खोजेको के हो भने आम नागरिकहरुको आवश्यकता के हो त्यसलाई कसरी परिपूर्ति गर्ने सोच जस्तै शिक्षामा सुधार, स्वास्थ्यमा सुधार, कृषिमा सुधार, रोजगारीको व्यवस्था आदि आदि जस्ता कुराहरुमा तात्कालीन राजा  ज्ञानेन्द्र शाहले ध्यान पु¥याउन पर्दथ्यो तथा राष्ट्रलाई विकसित अन्तर्राष्ट्रिय मुलुकहरुको तुलनामा कसरी अगाडि लिएर जाने सोच बनाई दिएको भए आज राजसंस्थाको अन्त्य हुने अवस्था आउँदैन थियो । 

 

    राजा ज्ञानेन्द्रका निजी सचिव र सल्लाहकारहरु अवसरवादी ताक परे तिवारी नत्र गोतामे जस्ता आज पनि तिनै प्रवृत्तिका पुरानै छन कुनै हेरफेर गरिएको छैन । यही पुराना अवसरवादी निजी सचिव र सल्लाहकारहरुको कारणले राजसंस्थाको  अन्त्य भएको हो । पुराना अवसरवादी सोच भएका निजी सचिव र सल्लाहकारहरुलाई साथ लिएर राजा ज्ञानेन्द्र अगाडि  बढे भने राजसंस्था फेरि आयो भने पनि धेरै दिनसम्म टिक्दैन ।

स्वतन्त्र नेपाली नागरिक 
राकेश कुमार शर्मा 
साविक जिल्ला बर्दिया, गुलरिया न.पा.–६ 
हाल जि. मकवानपुर हेटौंडा उपमहानगरपालिका–२
मो.नं. ९८४८०५५७७६, ९८१२४९१३९७ 

 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal