२०७६-२-६ , सोमबार


यो शहरमा बसोबास गर्नेले दुई हजार युरो पाउने  

इटालीको एउटा शहरले त्यहाँ आएर बस्ने मानिसलाई पैसा नै दिने भएको छ । इटालीको पुगलियास्थित केन्डिला शहरका मेयर निकोला गट्टाले आफ्नो शहरमा जनसंख्या कम भएपछि त्यहाँ आएर बसोबास गर्ने मानिसलाई २ हजार युरो दिने घोषणा गरेका हुन् । उनले यो अफरले मानिसहरू त्यहाँ आएर बसोबास गर्ने विश्वास गरेका छन् । लिटल न्यापल्स नामले चर्चित उक्त ठाउँमा सन् १९९० मा ८ हजार मानिस बसोबास गर्दथे तर अहिले जनसंख्या घटेर २७ सयमा झरेको छ । 

 


इटालीको यो शहर ऐतिहासिकरुपमा एकदमै चर्चित छ । जनसंख्या घटेपछि राष्ट्रियरुपमा नै ध्यानाकर्षण भएको हो । यो खबर सामाजिक सञ्जालमा प्रचारमा आएपछि घुम्न आउने मानिसको संख्या बढेर ४० हजारबाट बर्षेनी ८ लाख पुगेको छ । यसै कारण यहाँ होटलहरू खुलेका छन् र रोजगारी पनि उपलब्ध छ । यस ठाउँमा बसोबास गर्नका लागि सर्वप्रथम नागरिकता हासिल गर्नुपर्ने हुन्छ ।

 

यस ठाउँमा घर भाडामा लिएर पनि मासिक सात हजार पाँच सय युरोभन्दा बढी कमाउन सकिन्छ । यस ठाउँमा बस्न आवश्यक शर्त पूरा  गरेपछि काउन्सिलले एकललाई ८ सय युरो, जोडीलाई १२ सय युरो प्रदान गर्दछ । पाँच सदस्यका परिवारलाई २ सय युरो प्रदान गरिन्छ । 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal