२०७५-१२-११ , सोमबार


विनाशको जन्म 

एकजना महात्माले दर्शालुहरूलाई उपदेश दिने क्रममा पन्चतन्त्रको एउटा कथा सुनाए । दण्डकाव्य वनको एउटा रुखमा केही काग बस्दथे । उनीहरूको शत्रुता चमेराहरूसँग थियो । एकपटक रातिको समयमा चमेराहरूले कागको बथानमा आक्रमण गरे र त्यो आक्रमणमा परेर केही कागहरू मारिए भने केही काग भने बच्न सफल भए । बाँचेका कागहरू मरेका कागहरूको सम्झनामा जहिले पनि दुखित रहन्थे ।

 

उनीहरूको मनमा जहिले पनि प्रतिशोधको ज्वाला दन्किरहेको हुन्थ्यो । उनीहरूले योजनाबद्धरुपमा चमेराहरूसँग प्रतिशोध लिने निर्णय गरे र त्यसको पहिलो चरणको कामको जिम्मेवारी एउटा चलाख युवा कागलाई दिए । त्यो बाठो कागले आफ्ना मीठामीठा कुराले चमेराहरूको राजालाई मख्ख पा¥यो, चमेराहरूसँगै बस्न थाल्यो ।

 

एकदिन चमेराहरू गुफामा सुतिसकेपछि त्यो कागले आफ्ना साथीहरूलाई बोलायो । त्यसपछि सबै काग मिलेर सुकेका घासपातहरू जम्मा गरी भेला पारेर गुफामा आगो लगाइदिए । यो कथा सकिएपछि महात्माले भने– युद्ध भनेको दुई देशका बीचका मात्र होइन, जाति, धर्म र व्यक्तिका बीचमा पनि हुन्छ । अनि युद्ध भनेको आगो हो र आगो भनेको विनाश †


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal