२०७५-११-५ , आइतबार


उपरथीमा बढुवा भएका पाँच जर्नेलले फागुन १ गते  दर्ज्यानी चिन्ह ग्रहण गर्ने 

साँघुन्यूज डटकम

काठमाडौं । नेपाली सेनामा रिक्त रहेको  पाँच  उपरथी पदमा बढुवा भएका सहायक रथीहरुले २०७५ फागुन १ गते उपरथीको दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम तय भएको   छ । सैनिक स्रोतका अनुसार, फागुन १ गते बुधवारका दिन दिउँसो २ बजे प्रधान सेनापति पूर्णचन्द्र थापाबाट  दर्ज्यानी चिन्ह लगाएर बधाई दिने कार्यक्रम रहेको छ।   २०७५ माघ २५ गते बसेको मन्त्रिपरिषद बैठकले पाँच सहायक रथीहरुको बढुवा गरेको थियो।  

 

उपरथी पदमा बढुवा हुने सहायक रथीहरूमा  बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डे रहेका छन् ।  बढुवाका साथै सरकारले उल्लेखित उपरथीहरुको दरबन्दी पनि तोकेको थाहा भएको छ।  स्रोतका अनुसार, पृतना काजमा खटिएका पृतनापतिहरुलाई सोही पृतनाको जिम्मेवारी दिइएको छ ।  

 

उपरथी बालकृष्ण कार्की दिपायल पृतनापति, एम ए अफिसमा कार्यरत रहेका   सरोजप्रताप राणाको  दरबन्दी सुर्खेत पृतना तोकिएको छ।  सुर्खेतका पृतनापति कर्मेन्द्र लिम्बुको राष्ट्रिय सुरक्षा परिषदमा सरुवा भएको छ।  

 

सीताराम खड्का बुटबल पृतनापति तोकिएका छ।  अनन्त कार्कीलाई   कार्यरथी बिभाग(एजी)को  जिम्मेवारी तोकिएको छ।  त्यसैगरी उपरथी  ताराध्वज पाण्डेलाई  आई जी बिभागको जिम्मेवारी तोकिएको सैनिक स्रोतले बतायो ।   


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal