२०७६-१-७ , शनिबार


बिगो १९ करोड : रु दुई करोड ५० लाख बुझाएर छुटे खड्का

काठमाडौँ, २९ माघ  : विशेष अदालतले भ्रष्टाचारको मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई रु दुई करोड ५० लाख धरौटी बुझाएर छुट्न आदेश जारी गरेको छ । 

 

विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य तथा नारायणप्रसाद पोखरेलको इजलासले आज बहसपछि खड्कालाई नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टी राखेर धरौटीमा छुट्ने आदेश जारी गरेकोे विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिए । 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध गत पुस २३ गते अकूत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । खड्काले आफू पदमा रहँदा रु १८ करोड ६६ लाख बराबरको गैरकानूनी सम्पत्ति कमाएको आयोगले दर्ता गरेको मुद्दामा उल्लेख थियो । 

 

आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार २ वर्षसम्म कैद सजाय, बिगोबमोजिम जरिवाना तथा बिगो भराउन माग गरिएको थियो । खड्काले श्रीमती शर्मिला खड्का र अनिता लामाका नाममा अकूत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप लगाएको थियो । (रासस)
––– 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal