२०७६-१-७ , शनिबार


प्रतिकिलो रु १५ का दरले प्लाष्टिकजन्य फोहर किन्दै इलाम नगरपालिका


फिक्कल, २९ माघ : वातावरण स्वच्छता कायम गर्नका लागि इलाम नगरपालिकाले प्रयोग भइसकेका प्लाष्टिकजन्य फोहर खरीद गर्न थालेको छ ।  

 

गत माघ १ गतेबाट प्रतिकिलो रु १५ का दरले प्लाष्टिकजन्य फोहर खरीद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । प्लाष्टिक खरीद गर्न माघ १  गतेबाट शुरु गरिएको भए पनि अहिलेसम्म प्लाष्टिकजन्य फोहर बेच्नका लागि कोही पनि नआएको नगरपालिकाले जनाएको छ । 

 

फोहर प्लाष्टिक किन्नका लागि नगरपालिकाले तुरुन्तै ठाउँ तोक्ने र प्रसारप्रचारलाई अगाडि बढाउने बताइएको छ । इलाम नगरपालिकाले विसं २०६७ देखि पोलिथिनको झोलामा भने प्रतिबन्ध लगाएको छ । पोलिथिन झोला भने नगरपालिकाले किन्दैन । खानेपानीको बोतल, खाद्य बस्तुको प्याकेजीङमा भएको प्लाष्टिक लगायतका प्याष्टिकजन्य फोहर खरीद गर्ने भएको हो । 

 

इलाम नगरपालिकामा दैनिक ७ टन फोहर उत्पादन हुने गरेको एक अध्ययनले देखाएको छ । तीमध्ये करीब १० प्रतिशत प्लाष्टिजन्य फोहर हुने गरेको नगर प्रमुख बस्नेतको भनाइ छ । नगरपालिकाले खरीद गरेको फोहर स्टोर गरिने र यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थ वा सडक पक्की गर्नमा प्रयोग गरिने अलकत्र बनाउने योजना नगरपालिकाको छ । 

 

सिसाजन्य फोहरमा भने प्रतिबन्ध लगाउने नगरपालिकाको तयारी छ । हाल नगरपालिकाले महीनाको २ दिनमात्रै सिसाजन्य फोहर सङ्कलन गर्ने गरेको छ । (रासस) 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal