२०७५-११-५ , आइतबार


चर्चित ५ सेलिब्रेटी, जसले एचआईभीका कारण संसार छोडे–

साँघुन्यूज डटकम संवाददाता


काठमाडौं, २९ माघ :  झट्टा हेर्दा सेलीब्रेटीहरुको जीवन जति सरल देखिन्छ, त्योभन्दा बढि जटिल पनि छ । आज हामी यहाँ एड्सका कारण संसार छोड्न वाध्य भएका ५ सेलीब्रेटीहरुको चर्चा गर्न जाँदैछौं । 


१. निशा नूर

 

Related image

 

८० को दशकमा दक्षिण भारतीय चलचित्र उद्योगकी चर्चित नाम हो, निशा नूर । उनी त्योबेला यति चर्चित थिइन् कि उनीसँग स्वयम् रजनीकान्त र कमल हसन काम गर्न चाहन्थे । निशालाई एक निर्माताले यौनधन्दामा फसाएको र त्यसपछि बदनामीमा कारण उनले चलचित्र उद्योग नै छोडेको बताइन्छ । त्यसको केही वर्षपछि उनलाई सडकमा निकै दयनीय अवस्थामा भेटियो । उनका आफन्तले उनलाई उपचारका लागि अस्पताल लगे र एड्सको पुष्टि भइसकेपछि उनको सन् २००७ मा मृत्यु भयो । 


२. पेड्रो पाब्लो जमारा

 

Image result for pedro pablo zamora

 

चर्चित अमेरिकी शो ‘द रियल वल्र्डः सान फ्रान्सास्किो’ का सञ्चालक पेड्रोले सार्वजनिक रुपमा टेलिभिजनबाट नै आफू समलिंगी भएको खुलाशा गरेका थिए । साथै उनकी जोडी सीन सस्सेर पनि एड्सबाट ग्रसित थिइन् । सन् १९९४ नोबेम्बर ११ मा पेड्रोले संसार छोडेको केही समयपछि उनको पार्टनरको पनि मृत्यु भयो । 


३. जिया सारंगी 

 

Image result for jiya sarangi

 

अमेरिकन मोडल जिया सारंगी विश्वको उच्च ब्रान्डको मोडलिंग गर्थिन् । पछि लागूऔषधको लत लागेपछि उनको करियरमा नै ठूलो धक्का लाग्यो । न्युमोनियाको कारण अस्पतालमा भर्ना गर्दा डाक्टरले एड्स भएको पत्ता लगाए । मात्र २६ वर्षको उमेरमा बितेकी मोडल एक समय मोडलिंगको शिखरमा पुगेकी थिइन् । 


४. आर्थर ऐसे

 

Image result for arthur ashe

 

अमेरिकी महान् टेनिस खेलाडी आर्थर पनि यसबाट बच्न सकेनन् । यूएस डेविस कपमा टिमको नेतृत्व गरेका आर्थरले आफ्नो टिमलाई यूएस विम्बल्डनको उपाधि पनि जिताएका थिए । सन् १९९३ मा एड्सको शिकार बनेका आर्थरको निधन भयो । 


५. रिक्की विल्सन

 

Related image

 

अमेरिकन सांगीतिक क्षेत्रका हस्ती रिक्की विल्सन चर्चित ब्यान्ड ‘बी ५२’ मा गितार बजाउँथे । सन् १९८३ मा आफूमा एचआईभि पोजेटिभ भएको पाए । यसको २ वर्षपछि बिमारीसँग लड्दालड्दै उनको मृत्यु भयो । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal