२०७६-१-७ , शनिबार


असफलतामा संयम 

कुरा त्यो समयको हो जव थामस एल्वा एडिसन आफ्नो जीउ ज्यान लगाएर बिजुलीको आविष्कार गर्ने अभियानमा लागिपरेका थिए । तीन बर्षको लामो असफल प्रयोगबाट एडिसनका सवै सहयोगीहरू वाक्क भइसकेका थिए । तर एडिसन भने हरेक विहान नयाँ उत्साहका साथ थप प्र्रयोगमा लाग्दथे । उनको यस्तो उत्साह देखेपछि सहयोगीहरू पनि भारी मनले काममा लागिपर्दथे ।

 

अति भएपछि एकदिन सबै सहयोगीहरूले एडिसनलाई एक स्वरमा भने–सर तपाईं बेकारमा विजुलीको खोजमा लागिराख्नुभएको छ । तीन वर्ष भयो यो काममा लागेको तर लगभग सात सय त प्रयोग नै गरियो तर आशाको एउटा किरणसम्म देखिएको होइन । जवाफमा एडिसनले भने, मलाई पनि थाहा छ हामी सात सय पटक असफल भइसकेका छौं । त्यसैले गर्दा नै मेरो उत्साह बढेको छ । यदि मानौं कि हामी यो प्रयोगमा हजार पटक असफल हुनेछौं ।

 

त्यसरी मान्ने हो भने सात सय वटा असफलता त हामीले गरिसकेका छौं र अब तीन सयवटा असफलता प्राप्त भयो भने त्यही संख्यामा कतै सफलता पनि लुकेको हुन सक्दछ । त्यसकारण अब हामी आफ्नो लक्षको नजिक पुगिसकेका छौं र यस्तो अवस्थामा हिम्मत हार्ने होइन, धैर्यताका साथ काम गर्नुपर्दछ । यो घटनाको छ महिनापछि एडिसन तथा उनका सहयोगी बिजुलीको आविष्कार गर्न सफल भए । यदि एडिसन असफलताबाट विचलित हुन्थे भने यो सफलता पनि पाउन सक्ने थिएनन् र उनी विश्वको महान वैज्ञानिक पनि बन्न सक्ने थिएनन् ।
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal