२०७६-१-५ , बिहीबार


शहीद स्मारक 'बी' डिभिजन लिगमा आज २ खेल हुँदै


काठमाडौं, २९ माघ : शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज २ खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछन् ।

 

दिउँसो १२ः३० बजे हुने खेलमा टुसाल युथ दोस्रो जितको निकाल्न चाहन्छ भने बाँसबारी पहिलो जितको खोजीमा हुनेछ । यसअघि भएको खेलमा टुसालले बाग्मती क्लबलाई पराजित गरेको थियो । यस्तै बाँसबारी भने पुल्चोक स्पोर्टस् क्लबसँग पराजित भएको थियो ।

 

आजै हुने दोस्रो खेलमा झम्सिखेल युथ र नयाँबस्ती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसोे ३ः३० बजे हुने खेलमा नयाँबस्ती पहिलो जितको खोजीमा हुनेछ । लिगको पहिलो खेलमा नयाँबस्ती आरसिटीसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । झम्सिखेल भने लगातार दोस्रो जितको खोजिमा रहेको छ । झम्सिखेलले लिगको उद्घाटन खेलमा ब्वाइज युनियन लाई १–० ले पराजित गरेको थियो । 

 

राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा दुई समूहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । एन्फाले १२ टोलीलाई दुई समूहमा विभागन गरेको छ । समूह ‘ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब रहेका छन् । 

 

यस्तै समूह ’बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लब छन् । लिगको विजेताले रु ८ लाख पाउने छ । उपविजेताले रु ५  लाख, तेस्रो हुनेले रु ३ लाख र चौथो हुने टोलीले रु २ लाख पाउनेछन् । (रासस) 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal